अमेरिकी दूतावासका नियोग उपप्रमुख मिकलर ताजिकिस्तानका राजदूतमा नियुक्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ असार २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासका नियोग उपप्रमुख मानुअल पी मिकलर ताजिकिस्तानका लागि राजदूतामा नियुक्त भएका छन् ।

अमेरिकाको राष्ट्रपति कार्यालका अनुसार राजदूत र्‍यान्डी बेरी नामिबिया र नियोग उपप्रमुख मिकलर ताजिकस्तानका लागि राजदूतमा नियुक्त भएका हुन् ।

ह्वाइट हाउसका अनुसार दुवै जनालाई अन्य मुलुकमा राजदूतका लागि नियुक्त गरे पनि नेपालका लागि उक्त जिम्मेवारीमा कसलाई पठाइन्छ भन्ने विषयमा उल्लेख गरिएको छैन ।

मिकलरले वाशिंगटन डीसीमा विदेश मन्त्रालयको दक्षिण तथा मध्य एसियाली ब्यूरोअन्तर्गत भारत मामिलाको कार्यालयमा उपनिर्देशकको रूपमा पनि काम गरेका थिए । त्यसबाहेक पनि विभिन्न मुलुकमा रहेका अमेरिकी नियोगहरूमा उनले लामो अनुभव बटुलेका छन् ।

हाल दूतावासमा नियोग उपप्रमुखका रूपमा कार्यरत मिकलर अमेरिकाको परराष्ट्र सेवाका करियर डिप्लोम्याट हुन् । उनी नेपालस्थित अमेरिकी दूतावासको नियोग उपप्रमुख भएर आउनुभन्दा पहिले मंगोलियाको उलानबाटारमा रहेको अमेरिकी दूतावासमा मिसनका उपप्रमुख थिए ।

प्रतिक्रिया दिनुहोस्

Array