एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद् बैठक बस्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ असार २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय परिषद् बैठक आज बस्दै छ । प्रज्ञा भवन कमलादीमा बस्ने बैठकमा देशभरबाट करिब एक हजार ५०० जना सहभागी हुने सो पार्टीले जनाएको छ ।

 

पार्टीको सांगठनिक गतिविधि, स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित कार्यक्रम लगायत एजेण्डामा बैठकमा छलफल हुने बताईएको छ ।

बैठकमा पार्टीका महासचिव डा. वेदुराम भुसालले राजनीतिक प्रतिवेदन पेश गर्ने छन् । सो प्रतिवेदनमा एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी पार्टी गठन गर्नुको कारणका साथै कम्युनिष्ट आन्दोलनमा देखापरेका समस्याबारे चर्चा गर्दै आगामी कार्यदिशाबारे उल्लेख छ । प्रतिवेदनमा बैठकमा सहभागीहरुले छलफल गरेर पार्टीको आगामी कार्यदिशा तय गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्