सोमवारको राशिफल:ॐ सदगुरु गोरक्षनाथको कृपाले यी राशिहरु को भाग्य चम्किने छ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ असार २०७९, सोमबार
12 Min Read
Aa
RASHIFAL

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

अवसरको उपयोग गर्ने दिन हो, प्रभावशाली कुराकानीका माध्यमबाट तपाईंले आफ्नो अन्तर्वार्ता, प्रजेन्टेसन, र बैठकहरूमा अरुमाथि राम्रो छाप छोड्न सक्नुहुन्छ । आनन्द र प्रसन्नताका साथमा नै नियमित काम सम्पन्न हुनेछन्, आयको नयाँ स्रोत फेला पर्नुका साथै कमाएको धन सञ्चित गर्न सकिने छ । एक्लै हुनुहुन्छ भने अब निराश हुनुपर्दैन, आज त्यस्तो व्यक्तिसँग चिनजान हुनेछ, जसले तपाईंको मनभित्रको उजाड फूलबारीलाई रङ्गीन बनाउन सक्छ । आज ५५ प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क २, शुभ रङ घिउ रङ र शुभ दिशा दक्षिण रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ श्रां श्रीं श्रौं सः चन्द्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

आत्मविश्वास र मनोबल बढ्ने समय हो, तर प्रतियोगी वा प्रतिद्वन्द्वीका कारण केही चुनौतीहरू थपिन सक्छन् । अहिलेको संघर्ष र मिहिनेतले निकट भविष्यमा राम्रो नतिजा प्रदान गर्नेछ ।  नयाँ अनुभवका साथ कसरी अघि बढ्ने भन्ने चिन्तामा केन्द्रित भइने छ, हिसाबकिताबको लेखाजोखा र व्यवस्थापकीय जिम्मेबारीका लागि समय छुट्याउनुपर्ने हुन्छ ।  नयाँ ठाउँमा घुम्न जाने वा कुनै नयाँ काम प्रारम्भ गर्ने समय छ । घरैमा बसे पनि भविष्यमा चाहिने वस्तुको जोहो गर्न मन लाग्नेछ । आज १०० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क १, शुभ रङ गाढा रातो र शुभ दिशा पूर्व रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ चन्द्रघण्टायै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

पठनपाठनमा बाधा र अवरोध हुने नकारात्मक दिन हो, त्यस्तै तपाईंमा दिकदारी र चिडचिडेपन पनि हाबी हुनसक्छ । घरपरिवार वा आफन्तका निमित्त खर्च गर्ने परिबन्द छ, त्यस्तै कुनै नयाँ वस्तु किन्ने योजना छ भने त्यो कति बलियो छ र कति टिक्छ ? भन्ने कुरामा हेक्का राख्नु होला । विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा धन लाभ भए पनि आत्मसम्मानमा बाधा पर्न सक्छ । बाध्यात्मक काममा सञ्चित धनको उपयोग हुनेछ । आज १० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमः पशुपतये यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

भावना साटासाट गर्न पाइने र एकान्तमा रमाउन पाउँदा प्रेमसम्बन्ध अझ प्रगाढ बन्दै जाने समय देखिन्छ, प्रेमीबाट कुनै उपहार प्राप्त हुनेछ । आफन्त वा मित्रको आगमन हुँदा अतिथि सत्कार वा आवाभगतमा केही समय बित्नसक्छ, तर भेटघाटले कुनै विशेष अवसर दिलाउन सक्छ । जोखिम मोलेर गरेको कुनै कामबाट लाभ पाउन सकिने छ, बुद्धि र विवेकको प्रयोग गरी विगतमा गुमाएका कतिपय विषयवस्तुलाई समेत पुनः प्राप्त गर्न सकिने छ । आज १०० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो र शुभ दिशा पश्चिम रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शशिशेखराय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

कामको चटारो परेको समय छ, ससाना कुरामा पनि आफै नखटी पार लाग्दैन । आज आत्मसम्मान झल्कने दिन हो, नेतृत्व र निणर्य फलदायी हुनेछन् । परीक्षा, अन्तर्वार्ता वा प्रतियोगिता नजिकै आएको छ भने कडा परिश्रमपछि मात्र सफलता पाइने समय भएकाले अध्ययनमा लागी पर्नु उचित हुन्छ । व्यस्तताका बीचमा समय बित्नेछ, तथापि आफ्ना लागि समय निकालेर कमी/कमजोरीको मूल्याङ्कन र विश्लेषण गरेमा व्यक्तित्वमा सकारात्मक परिवर्तन ल्याउन सकिने छ । आज १०० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क १, शुभ रङ रङ्गीबिरङ्गी/छिरबिरे र शुभ दिशा दक्षिण रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

मानसिक रूपमा सबल र परिपक्व बन्ने समय हो, आज पठनपाठनका क्रममा सहपाठी र शिक्षकहरूबाट सहयोग जुटाउन सकिने छ । आफ्नो प्रभाव बलियो बनाउन आफ्ना प्रियजन र सहकर्मीहरूलाई प्रोत्साहन गरेको जाती हुन्छ, किनकि विश्वास संसारको सबैभन्दा सुन्दर बिरुवा हो, जुन जमिनमा होइन मुटुमा उम्रन्छ । तारिफयोग्य काम गरेर दङ्गपर्ने दिन हो, तर आज चुनौती र सङ्घर्षका माझमा काम निकालेर इज्जत जोगाउन सकिने समय हो । आज १०० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ९, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

कसैलाई पनि आँखारूचिम्लिएर झट्ट विश्वास गर्नुहुँदैन, कार्यक्षेत्र वा व्यवसायमा पनि केही चुनौतीको सामना गर्नुपर्ने हुन्छ । नयाँ लगानी गर्नुहुँदैन, त्यस्तै सामुन्ने देखिएका विवाद र समस्यालाई सकेसम्म चाँडो समाधान गर्नुपर्ने दिन हो । नत्र व्यापारिक कारोबारमा दूरगामी प्रभाव पर्न सक्छ । अस्वस्थताका बावजुद काममा जुट्नै पर्ने परिस्थिति छ, सुस्वास्थ्य र आरामका लागि समय छुट्याउनु तथा पौष्टिक आहारामा ध्यान दिनु ठीक हुन्छ । आज १५ प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ८, शुभ रङ कालो र शुभ दिशा उत्तर रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ अन्तकाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

विवाहयोग्य उमेर छ र अविवाहित हुनुहुन्छ भने कुनै व्यक्तिप्रति विशेष आकर्षणसमेत बढ्नसक्छ । खासगरी रामरमाइलो र रमझमप्रति मनको आकर्षण रहनेछ । कार्यालयमा नौलो कामको जिम्मा लिएर मज्जाले खट्नुपर्ने समय छ, तर आज घरपरिवार र जीवनसाथीको चाहनालाई मनन गरी समय दिनुपर्ने परिस्थिति सिर्जना हुनेछ । घरपरिवारको आँखा छलेर पार्टनरलाई समय छुट्याउन अप्ठ्यारो पर्नसक्छ, तर कसोकसो भेटघाट, मनोरञ्जन र घुमघामको मेसो मिल्ने दिन छ । आज १०० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ७, शुभ रङ रङ्गीबिरङ्गी/छिरबिरे र शुभ दिशा पश्चिम रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शुं शुक्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

कार्यक्षेत्रमा तन्मयताका साथमा खट्नुपर्ने दिन हो, अझ सेवाग्राहीसित कुनै विवाद भएमा ठूलो रूप लिनसक्छ, प्रतिद्वन्द्वीहरू मौका कुरेर बसेको देखिन्छ । पार्टनरको व्यक्तिगत स्वास्थ्यमा वा कार्यक्षेत्रमा समस्या उत्पन्न हुनाले मन निराश बन्नसक्छ, भावना साटासाट गर्नु राम्रो हुन्छ । अवरुद्ध कार्यलाई पूरा गर्न पाउँदा अपार आनन्दको अनुभूति हुनेछ, तर स्वास्थ्यमा सामान्य प्रभाव पर्ने दिन हो, आवश्यक भए चिकित्सकको परामर्श लिनु राम्रो हुन्छ । आज १०० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ६, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा दक्षिण रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ऋणहर्त्रे भौमाय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

सानो प्रयत्नले हैसियतमा बृद्धि हुनेछ, क्षमता र बुद्धिको उपयोग गर्दा कारोबारले गति समात्न थाल्नेछ, साथै अड्किएका काम पनि पुनः प्रारम्भ हुनेछन् । सृजनात्मक क्षमताको प्रस्फुटन हुनेछ । मन फुरुङ्ग र उत्साही हुनेछ, टाढा रहेका आफन्त वा छोराछोरीबाट कुनै राम्रो समाचार सुन्न पाइने दिन हो । रचनात्मक समय हो, विज्ञानप्रविधिको कुनै क्षेत्रमा वा अनुसन्धान गर्ने छात्रछात्राहरूले केही गर्नसक्ने राम्रो समय छ । आज १५ प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कुमुदप्रियायै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

हाँके/ताकेको कुनै काम रोक्नुपर्ने हुन्छ । नयाँ लगानीका लागि उपयुक्त समय होइन, बरु वातावरण र परिस्थितिमा केन्द्रित हुनुपर्ने समय हो । कुनै कुरालाई लिएर दाम्पत्य जीवनमा वैचारिक मतभेद देखा पर्नेछ, जुनसुकै कुरामा धैर्य र सकारात्मक रहनु कल्याणकारी र लाभदायक ठहरिने छ । पारिवारिक तनावका कारण पढाइ विचलित हुनसक्ने समय छ । अध्ययनका साथसाथ व्यवहारिक कामको सन्तुलन कायम राख्नुपर्छ । आज ०० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ४, शुभ रङ घिउ रङ र शुभ दिशा उत्तर रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सों सोमाय नम यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

नयाँ प्रविधिको प्रयोग गर्दा दक्षता र ज्ञान बढाउन सकिने छ । कलात्मक विषयमा रूचि छ भने विशेषज्ञताको प्रयोग गरी वरिष्ठ कर्मचारीलाई प्रभावित बनाउन सकिन्छ ।  आफ्नै काममा व्यस्त रहनाले भेटघाटको अनुकूलता मिल्दैन, तर सकेसम्म सम्बन्ध/सम्पर्कमा रहेको जाती हुनेछ । सामाजिक गतिविधिमा खट्ने दिन हो, धार्मिक वा सांस्कृतिक काममा सहभागी बन्नाले प्रतिष्ठा र पहिचान प्राप्त हुनेछ । आज १०० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ३, शुभ रङ सिम्रिक रातो र शुभ दिशा पश्चिम रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भालचन्द्राय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array