आँसु खसालेकि मन्त्री झाँक्रीको सामाजिक संजाल मा व्यापक आलोचना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ असार २०७९, आईतवार
2 Min Read
Aa

काठमान्डौ -प्रतिकुल परिस्थितिमा आत्मबल बढाउने नेता झाँक्रीले बरर्र आँशु खसालेकि सामाजिक संजाल मा व्यापक आलोचना !

पौने एक वर्षअघि एमाले छाडेर नेकपा एकीकृत समाजवादी गठन गर्दा राजधानीमा आयोजित एक आमसभालाई सम्बोधन गर्न जाने क्रममा झाँक्रीले देखाएको शैलीलाई धेरैले रुचाएका थिए । उनले शरीरमा लगाइएको ज्याकेट फुकालेर भीड भएको ठाउँतिर फालिदिएकी थिइन् ।

त्यसपछि मञ्चमा उभिएर मुखमा लगाएको मास्क फालिन् । त्यसभित्र उनको मुखमा बुजो लगाइएको संकेतस्वरुप कालो टेप टाँसिएको थियो । ओली शासनको बेला शीतल निवाससँग जोडिएको एउटा विषयमा उनीसँग प्रहरीले गरेको सोधपुछलाई अभिव्यक्ति स्वतन्त्रतासँग जोडेर मुखमा टेप लगाएकी थिइन् । त्यहि टेप खोलेर धुँवाधार भाषण गरेकी हुन् ।

तर आज उनै झाँक्रीले एक सय ८० डिग्री उल्टो फर्केर पद र जिम्मेवारी त्याग्नुपर्दा सार्वजनिक रुपमा आँशु थाम्न सकिनन् ,मन्त्री झाँक्रीले खसालेको आँशुलाई धेरैले अनेक किसिमले अर्थ लगाए। जस्तोसुकै आपतकालीन अवस्थामा समेत आत्मबल दह्रो बनाउने वामपन्थी नेताहरुको परिचयलाई उनले आज तोडेको भनी सामाजिक संजाल मा व्यापक आलोचना गर्नेहरु देखिएका छन् ।

विद्यार्थी कालदेखि नै सशक्त आन्दोलन गर्दै आएकी रामकुमारी झाँक्रीले सहरी विकास मन्त्रीको जिम्मेवारीबाट हट्ने निश्चित भएपछि पत्रकार सम्मेलनमा बरर्र आँशु खसालेकि छिन। झाँक्रीले मन्त्रीको जिम्मेवारीबाट हट्ने निश्चित भएपछि अपमानवोध गर्दै खसालेको आँशु र मुुटुमा गाँठो पारेर राखेको धारणालाई स्वयम् महिला र महिला अधिकारकर्मीहरुले नै आलोचना गरेका छन् । सञ्चारकर्मीहरुको सामुन्ने उनले परम्परागत विवाह समारोहमा माइती पक्षले बेहुलासँग अन्माउन लाग्दाझैँ खसालेको आँशुलाई धेरैले अनेक किसिमले अर्थ लगाएका छन् । एक जनाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बिहेपछि जन्मघरबाट बिदाइ हुँदा रून छाडेका आधुनिक महिला मन्त्रालय छाड्नुपर्दा गहभरि आँशु पारेर रुँदा रहेछन् । महिला सशक्तिकरण भनेको यही होला ।’

राजनीतिमा प्राप्त हुने पद र प्रतिष्ठालाई क्षणिक मान्नेको निम्ति आँशु शब्दकोषमा मात्र हुने समाजशास्त्री र मनोवेत्ताहरु बताउँछन् । यस्तै पद त्याग प्रकरणमा शेरबहादुर तामाङ्ग र रामकुमारीवीचको समानता र भिन्नता खोज्नेहरु पनि यसवीच प्रशस्त पाइएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: