उपत्यका प्रहरी प्रमुख बनेका गिरीको डिआईजीमा सिफारिस:आईजीपी बन्ने सम्भावना कति ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ असार २०७९, आईतवार
1 Min Read
Aa
डिआईजी सुदीप गिरी

काठमाण्डौ – नेपाल प्रहरी भित्र निष्ठावान, ईमान्दार, कर्तव्यनिष्ठ र व्यवसायीक प्रहरी अधिकृतको छवि बनाएका डिआईजी सुदीप गिरीले एसएसपी हुँदा उपत्यका प्रहरीको प्रमुखका रूपमा आफ्नो सातमहिने कार्यकाल कुशलता पूर्वक निर्वाह गर्न सफल हुँदै त्यसको समेत आधारमा केही समय अगाडि मात्रै डिआईजी पदमा बढुवाको लागि सिफारिस भएका छन् ।

काठमाण्डौका तत्कालीन प्रहरी प्रमुख एसएसपी अशोक सिंहको सरुवा भएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट सरुवा भएर काठमाण्डौको प्रहरी प्रमुख बनेका गिरीले उपत्यकाको शान्ति सुरक्षामा अनुभुत हुने गरी सुधार गरे । देशको राजधानी शहर हुनुका नाताले उपत्यकाको सुरक्षाको जिम्मेवारी प्रहरीभित्र पनि निकै महत्त्वपूर्ण मानिन्छ, गिरीले त्यो चुनौतीलाई सहजै पार गरे । जुन उनको व्यवसायीक प्रहरी अफिसरको वास्तविक चिनारी समेत हो ।

आफ्नो ब्याचमा सबैभन्दा सिनियर रहेका गिरी आठौं नम्बरमा बढुवा भएपनि २०५२ सालको ब्याचबाट बढुवा हुने सूचीको दोस्रो नम्बरमा छन् । नेपाल सरकारले गिरी सहितका एसएसपीहरूलाई आठ असारमा डिआईजी पदमा बढुवा गर्ने निर्णय गरेको थियो । आफ्नो ब्याचबाट डिआईजी गिरीलाई भविष्यको आईजीपीको रूपमा हेरिएको छ । २०५२ सालको ब्याचबाट आईजीपी बन्ने अवस्थामा उनी आईजीपी बन्ने सबैभन्दा ठूलो सम्भावना प्रहरी अधिकारी हुन् ।

SOURCE

प्रतिक्रिया दिनुहोस्

Array