माधव नेपाल प्रति योगेश भट्टराईको कटाक्षः सन्यास लिएर बस्न सुझाव

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ असार २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं । नेकपा एमालेका सचिव एवं संघीय सांसद योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई राजनीतिबाट सन्यास लिएर बस्न सुझाव दिएका छन ।

आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद भट्टराईले अध्यक्ष नेपाल राजनीति र जीवन दुवैको उत्तराद्र्धमा रहेकोले सन्यास लिएर बस्न सुझाव दिएका हुन । केही दिनअघि अध्यक्ष नेपालले १० भाई एमालेका दास हौ, तिमीहरुले हाम्रो खैरो खन्छौ भन्ने भाषण गरेको प्रति सांसद भट्टराईले माधव नेपाल जत्तिको शीर्ष नेताले सम्हालिएर बोल्नुपर्ने बताएका छन ।

भट्टराई पार्टी विभाजन अगाडी नेपाल समुहबाट पार्टीको सचिव भएका थिए भने सोही समुहको तर्फबाट मन्त्री समेत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: