शहरी विकास मन्त्री झाँक्री द्धारा राजिनामा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ असार २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिएकी छन् । झाँक्रीले आइतबार बेलुका मन्त्रालयमा पत्रकार सम्मेलन गरी आठ महिना २० दिनको जिम्मेवारीपछि पदबाट राजीनामा दिएको जानकारी गराएकी हुन् ।

त्यस अघि उनले आइतबार नै बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएकी थिइन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा झाँक्रीले आफूहरु पार्टीको निर्णयबाटै मन्त्री भएको भन्दै राजीनामाको सवालमा ‘काउन्ट डाउन’ सुरु गरेकोमा आफूलाई चित्त दुखेको बताइन् ।

नेकपा एकीकृत समाजवादीले २२ जेठमा मन्त्री फिर्ता बोलाएर नयाँ नेताहरुलाई सरकारमा पठाउने निर्णय गरेको थियो । तर, मन्त्रीहरुले बजेटमाथि संसदमा उठेका प्रश्नको जवाफ दिएर सरकार छाड्ने बताउँदै आएका थिए ।

राष्ट्रियसभामा सहरी विकास मन्त्री झाँक्री र पर्यटन मन्त्री प्रेम आलेले आइतबार नै बजेट माथिको उठेका प्रश्नको जवाफ दिएपछि राजीनामा दिएको घोषणा गरेका हुन् । राजीनामा घोषणा कार्यक्रममा मन्त्री झाँक्रीले आफ्नो कार्यकालमा गरेको कामहरुको जनाकारी गराइएको थियो । त्यसमा सहरी विकास, फोहोर व्यवस्थापन, रेट्रोफिटिङ, विश्व बैंकहरुसँग भएको सहमति, जनता आवास कार्यक्रम, टुकुचा फोहोर पानी प्रशोधन लगायतमा महत्वपुर्ण कामहरुको सुरुवात भएको जानकारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: