पर्यटनमन्त्री प्रेम आलेले दिए पदबाट राजीनामा 

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ असार २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पदबाट राजनीमा दिनुभएको छ। आइतबार प्रतिनिधिसभा संसद्को बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मन्त्री पदबाट राजीनामा दिएको बताउनुभयो।

“शुक्रबारको पोलिट्ब्यूरो बैठकमा नै ४८ घण्टाभित्र राजीनामा दिन्छु भनेको थिएँ। यसको १५ मिनेट अगाडि नै समयभित्र राजीनामा दिएँ”, आलेले बताउनुभयो।

- Advertisement -
Ad image

मन्त्रालय अन्तर्गत उठेका जवाफ फर्काउन परेकोले पार्टीको निर्णय कार्यान्वयनमा केही समय लागेको र अब आफ्नो दायित्व पूरा भएको उहाँले उल्लेख गर्नुभयो।

“पार्टीले सांसद बनाउने, मन्त्री बनाउने र निर्देशन बमोजिम फिर्ता हुने हो, निर्णय स्वीकार्य छ। पहिलो चरणमा बजेटको सेसन चलिरहेकोले जवाफ दिएर फर्कने भएकाले”, उहाँले आफ्नो कार्यकालमा राम्रो काम गरेको दाबीसमेत गर्नुभयो।

राजीनामा पार्टीमा दिइसकेको र सम्बन्धित पत्र पार्टीले सरकारसमक्ष पठाइसकेको उहाँको भनाइ छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्