भारतीय जासुसी सँस्था ‘र’ प्रमुख गोयलको म्याद थपियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ असार २०७९, आईतवार
1 Min Read
Aa

काठमाण्डौ । भारतीय खुफिया एजेन्सी ‘र” का प्रमुख सामन्तकुमार गोयलको पदावधि थपिएको छ । सन्तोषजनक कार्य सम्पादनको मुल्याङकन गरि यहि जुन ३० देखि लागु हुनेगरी उनलाई एक वर्षको म्याद थप्ने निर्णय भएको हो ।

भारतीय क्याबिनेटको हिजो बसेको बैठकले गोयलको म्याद थप गरेपछि हिजै १९ वटा निकायलाई बोधार्थ दिइएको छ ।

क्याबिनेटले भारतीय गुप्तचर व्युरो (आइबी) को निर्देशकमा तपन डेकालाई पनि हिजै नियुक्त गरेको छ । उनलाई दुई वर्षको निम्ति नियुक्त गरिएको क्याबिनेट सचिव दिप्ती उमाशंकरले जारी गरेको सर्कुलरमा उल्लेख छ ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई मध्यराति बालुवाटार पुगेर गोप्य भेटघाट गरेको घटनापछि नेपालमा गोयल चर्चा चुलिएको हो । उनले तत्कालिन प्रधानमन्त्रि केपी शर्मा ओलीलाई बालुवाटारमा मध्येरातमा भेट गरेका थिए । उनले उक्त भेटमा के कस्तो योजना तथा छलफल गरे भन्ने विषयमा आज सम्म गोप्य राखिएको छ । यो भेट पछि संसद विघटन हुँदै नेकपा समेत विभाजन भई टुक्रा टुक्रा भएको छ ।

प्रतिक्रिया दिनुहोस्