युरोपियन युनियनकै जस्तो झण्डा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ बिरुद्ध पाचौ उजुरी दर्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ असार २०७९, शनिबार
1 Min Read
Aa

काठमाण्डौ-गत मंगलबार युरोपियन युनियनकै जस्तो झण्डा हालेर पूर्वसञ्चारकर्मी रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताको निवेदन दिएपछि भोलिपल्ट बुधबार स्वतन्त्र उम्मेदवारी अभियानले पार्टीको नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग गर्दै उजुरी दिएकाे थियो भने हिजो शुक्रवार   ‘राष्ट्रिय स्वतन्त्र पार्टी बिरुध्द पाचौ उजुरी दर्ता भएको छ ।

त्यसबाहेक अन्य व्यक्ति र समूहले पनि राजनीतिक दल स्वतन्त्र हुनै नसक्ने भन्दै उजुरी हालेका थिए । आज एउटासहित रविको पार्टीविरुध्द कूल पाँच वटा उजुरी परेको निर्वाचन आयोगले जनाएको छ।

एकातिर पार्टीको झण्डा बिदेशी जस्तो राखेको मा चौतर्फी आलोचना हुन थालेको छ भने द लिडर शो को लागि भनि उठाएको रकम बारे सामाजिक संजालमा व्यापक चर्चा भैरहेको छ।

प्राय: सबै उजुरीमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ मा प्रयोग भएको ‘स्वतन्त्र’ शव्दले वास्तविक स्वतन्त्र व्यक्ति,समूह,संस्थालाई गम्भीर आघात पुगेको भन्दै दल दर्ता नगर्न माग गरिएको छ । तर, यतिधेरै उजुरीका बाबजुद आयोगले भने ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ कै नाममा दल दर्ता गरिदिएको हो ।लामिछानेले २१ जनाको टिम रहने पार्टीमा,रासकोट अस्पताल निर्माणमा लामिछानेलाई सघाएका डा. मुकुल ढकाल प्रवक्ता पार्टीको प्रवक्तासमेत तोकिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: