आज देखि बालबालिकालाई लगाइने कोरोना खोप बिरुद्ध सोसल मिडियामा बिरोध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ असार २०७९, बिहीबार
3 Min Read
Aa
corona

काठमाडौँ । भुलेर पनि बालबालिकाहरु लाइ खोप न लाउन अपिल गर्दै सोसल मिडिया मार्फत चौतर्फी बिरोध गरेको पाइयो। एकातिर सरकारले बालबालिकाहरु कोरोना को खोप आज देखि २७ वटा जिल्ला लाउने कार्यक्रम संचालन गरेका छन् भने अर्को तिर विज्ञहरु खोप नलिन अपिल गरेका छन्। नेपाली सिने नायक विश्व बस्नेत , डा सम्म्बोद आचार्य , डा बिजय प्रधान , डा ओम कुमार श्रेष्ठ लगायत सामाजिक अभियन्ता कर्ण बाहादुर शाही, डा पूर्ण शाही , जागृति रायमाझी , ऋषिकेश जंग शाह र सुरजित दत्त लगायतहरुले हतारमा ल्याइएको खोप मानव स्वास्थ बिपरित हो भनि घोर अप्पति जनाएको छ।

विभिन्न सोसल मिडिया मार्फत अम्बिका लामा ,मोजिब अलि , दिपेश जोशी, शमशेर शाह ,मनोज ओझा र राम खड्का लगायात अरु थुप्रै जना ले खोप को  बिरोध गरेका छन्। बिश्वभरि डाक्टर , बैज्ञानिक साथै थुप्रै संख्यामा व्यक्सिन को बिरोध मा आन्दोलन प्रदर्शन हरु गर्ने गरेको विभिन्न मिडिया मा भारल भाको छ।

नेपालमा खोप को बिरुद्ध आवाज उठाउनेहरु ले खोप कारण स्वास्थ मा पर्ने दिर्घकालिन असर पर्ने बारे अध्यन गर्ने ठोस निकाय सरकार सग छैन। डब्लु एच ओ ले जे एजेन्डा स्वाथ मन्त्रालयलाइ थोपर्छ ति सबै लागु गर्छ। विश्व को धेरै देशहरुमा खोप को बिरुद्ध प्रदर्शन र अन्दोलन भाको छ भने बिश्वभरि खोप लाउनु हुन्न भनि मान्यता राखने विभिन्न देशहरु का नागरिकहरु सोसल मिडिया मार्फत बिरोध गरेको देख्न पाइन्छ। खोप बिरुद्ध को वास्तविकता के हो भनि सरकार पक्ष ले सरोकारवाला हरु सग छलफल नगर्नु र एकलौटी ढंगले खोप कार्यक्रम लागु गर्नु लोकतान्रिक व्यवस्था को खिल्ली उडाउनु हो भनि चौतर्फी आलोचना हुन थालेको छ।

गरिब तथा बिकासोन्मुख देशहरु मा बिदेशी औषधि कम्पनिहरु ले डब्लु एच ओ मार्फत विभिन्न   देशका स्वास्थ मन्त्रालाया मार्फत स्वास्थ नीति , ऐन को निर्माण र  नयाँ औषधि को परिक्षण गर्ने गरेको अनेकौ तथ्य हरु बेला बेला समाचार मा सुन्न पाइन्छ। व्यवस्था परिवर्तन जनताको अधिकार सुनिश्चित गर्न को साटो कर्मचारी, जनाप्रतिनिधि र सांसद मार्फत बिदेशी एजेन्डा खुरुखुरु बिभिन्न बिदेशी तथा स्वदेशी संघ सनघठन मार्फत थोपर्ने गरिएको आरोप लागेको छ। जनता बाट चुनीएका जनप्रतिनिधि सांसदहरु ले बिषयको गहिराइ न बुझी खुरु खुरु बिदेशी योजना लाद्ने हो भने चुनाव मार्फत जनताको अधिकार को लागि चुनिएर आएको के काम ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई विद्यालयमै खोप दिइन लागिएको हो।

आजदेखि खोप कार्यक्रम सञ्चालन हुने जिल्ला झापा, इलाम मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिराहा, महोत्तरी, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर रहेका छन्।

त्यस्तै, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, बाँके दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरामा पनि आजदेखि खोप कार्यक्रम सञ्चालन हुनेछ।

बालबालिकालाई १५ असारसम्म पहिलो डोज र २ साउनदेखि ८ गतेसम्म दोस्रो डोज खोप दिइने छ। बाँकी रहेका ५० जिल्लामा भने ५ भदौदेखि खोप कार्यक्रम सञ्चालन गर्ने लक्ष्य सरकारको रहेको जनाईएको छ।

प्रतिक्रिया दिनुहोस्