सोभियत संघको पतनपछि :एसपिपी को इतिहास

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ असार २०७९, शुक्रबार
2 Min Read
Aa

के हो एसपिपी , अमेरिकाले कति मुलुकसँग यस्तो सम्झौता गरेको छ?

एसपिपीको इतिहास सन् १९९१ मा सोभियत संघको पतन र शीत युद्धको अन्त्यसँग जोडिन्छ। सोभियत संघको पतनपछि पूर्वी युरोपका ‘वार्सा प्याक्ट’ का सदस्य राष्ट्रहरूसँग सैन्य सम्पर्क स्थापित गर्न अमेरिकाको युरोपियन सैन्य कमान्डले सन् १९९२ मा ‘जोइन्ट कन्ट्याक्ट टिम प्रोग्राम (जेसिटिपी)’ सुरू गर्‍यो। अमेरिकाका विभिन्न राज्यका सेना ‘नेसनल गार्ड’ ले यसमा मुख्य भूमिका खेले। नेसनल गार्ड र पूर्वी युरोपका कतिपय मुलुकहरूको सम्बन्ध एक वर्षभित्रै ‘स्टेट पार्टनरसिप प्रोग्राम’ मा बदलियो। सन् १९९३ को अप्रिलमा रसियाका निकट छिमेकी तीन वाल्टिक राष्ट्रहरू (वाल्टिक समुद्र किनारका देश) इस्टोनिया, लाट्भिया र लिथुनियाले क्रमशः अमेरिकी तीन राज्यहरू मेरिल्यान्ड, मिचिगन र पेन्सिलभेनियासँग एसपिपीमा हस्ताक्षर गरे।

यी तीन अमेरिकी राज्यका नेसनल गार्डले भर्खरै प्रजातन्त्रतर्फ पाइला चाल्न लागेका यी वाल्टिक मुलुकका सेनालाई विपत व्यवस्थापन, खोजी र उद्धार, सैन्य शिक्षा, नागरिक-सेना सम्बन्ध जस्ता विषयमा तालिम दिए। अहिले यी तीनै राज्य अमेरिकी नेतृत्वको सैन्य संगठन नेटोका सदस्य छन्। यसको अर्थ एसपिपीका सदस्य अन्तत: नेटोका सदस्य बन्छन् भन्ने होइन। अहिले ९३ राष्ट्रहरूले अमेरिकासँग एसपिपीमा हस्ताक्षर गरिसकेका छन्। दक्षिण एसियामा बंगलादेशले अमेरिकी राज्य ओरेगन र माल्दिभ्सले मोन्टाना राज्यका नेसनल गार्डसँग काम गर्नेगरी एसपिपीमा हस्ताक्षर गरिसकेका छन्। बंगलादेशले सन् २००८ मा र मालदिभ्सले सन् २०२२ मा एसपिपीमा हस्ताक्षर गरेका हुन्।

२. नेपाललाई पनि एसपिपीमा हस्ताक्षर गराउन अमेरिकाले धेरै पहिलेदेखि पहल गर्दै आएको छ। पहिलो पटक सन् २०१५ मा एसपिपीमा हस्ताक्षर गर्न अमेरिकाले प्रस्ताव गरेको नेपाली सेनाका एक पूर्व जर्नेलले बताए।

‘त्यसपछि पनि नियमित रूपमै उनीहरूले एसपिपी अगाडि बढाउन पहल गर्दै आएका छन्,’ उनले भने।

केपी ओली सरकारका पालाका रक्षामन्त्री ईश्वर पोखरेल र शेरबहादुर देउवा सरकारका रक्षामन्त्री मिनेन्द्र रिजालले एसपिपीमा हस्ताक्षर गर्न नेपाल सकारात्मक रहेको बताएको त्यो बेला मिडियामा खबर आएका थिए।

प्रतिक्रिया दिनुहोस्