पूर्वप्रधानसेनापति क्षेत्रीले लेखेको पत्र आधिकारिक होः नेपाली सेना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ असार २०७९, बिहीबार
1 Min Read
Aa

 

काठमाण्डौ । अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का लागि पत्राचार गरेको विषय सार्वजनिक भएपछि नेपाली सेनाले धारणा सार्वजनिक गरेको छ । सेनाका प्रवक्ता नारायण सिलवालले सन २०१५ मा तत्कालीन प्रधानसेनापति राजेन्द्र श्रत्रीले अमेरिकालाई पठाईएको पत्र आधिकारिक भएको बताएका छन । सरकारको स्वीकृत लिएरै सेनाले अमेरिकालाई पत्र लेखेको उनको भनाइ रहेको छ ।

क्षत्रीले पठाएको पत्रको आधिकारिकता माथि प्रश्न उठाइएका बेला प्रवक्ता सिल्वालले पत्र सही भएको बताएका हुन् । पूर्व प्रधानसेनापति क्षेत्रीले लेखेको पत्रमा कुनै शंका मान्‍नुपर्ने कुरा नभएको उनको भनाइ छ । त्यो पत्र आधिकारिक भएको भन्दै यसको अध्ययनका विषयमा आकस्मिक बैठक बसेको भन्‍ने कुरा नभएको सिल्वालले बताएका छन ।

 

प्रतिक्रिया दिनुहोस्

Array