मन्त्री सिफारिस नेतालाई माधव नेपालको निर्देशन : पार्टीको इज्जत राख्नू

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ जेष्ठ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट नयाँ मन्त्री बन्न लागेकाहरुलाई पार्टीको इज्जत जोगिने गरी काम गर्न निर्देशन दिएका छन् ।  मन्त्री फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेपछि आलोकनगरस्थित पार्टी कार्यालयमा नेता नेपालले मन्त्री सिफारिस भएका नेतासँग छलफल गरेका थिए ।

सहरी विकास मन्त्रीमा सिफारिस भएका मेटमणि चौधरीले पार्टीलाई स्थापित गर्ने गरी अध्यक्षले निर्देशन दिएको बताए । ‘राम्रोसँग काम गर्नुहोला, पार्टीको इज्जत जोगाउनु होला र पार्टीलाई स्थापित गराउनुहोला,’ नेपालको भनाइ उद्धृत गर्दै चौधरीले  भने ।

एकीकृत समाजवादीले जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका लागि नाम सिफारिस गरेको छ । त्यस्तै हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्