मन्दिर निर्र्माणले पर्यकटहरुमा बृद्धी:भोजपुर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० जेष्ठ २०७९, शुक्रबार
2 Min Read
Aa

भोजपुर / भोजपुरको टेम्केमैयुङ गाउँपालिका – ५ मझौलेमा सिद्धेश्वर शिव पञ्चायन मन्दिरको स्थापना गरिएको छ । धार्मिक पर्यटन पवद्र्धन गर्ने उदेश्यले गाउँपालिका तथा स्थानियबासीको सकृयतामा मन्दिरको उद्घाटन गरिएको हो ।

प्रसिद्ध धार्मिक तथा पर्यटकिय क्षेत्र टेम्के डाँडाको काखमा रहेको यो ठाउँमा मन्दिरको निर्माण गरिएको हो । मन्दिरमा शिव,गणेश, सूर्य, विष्णु, देवीको गरी पञ्चायन भगवानको मुर्तीहरु राखिएकोे छ । यो मन्दिरको स्थापनाले धार्मिक पर्यटन तथा धार्मिक सहिष्णुता बढ्ने स्थानियले बताएका छन् ।

स्थानीय शिक्षक नूरी शेर्पाले भने‘हाम्रो यो ठाउँमा धार्मिक पर्यटन प्रर्वद्धनको उद्धेश्यले शिव पञ्चायन मन्दिरको स्थापना गरेका छौँ । यहाँ हामी सवै जातजातीको बसोबास छ । हाम्रो शेर्पा समुदायका बाहुल्यता रहेको ठाउँमा गुम्बा निर्माण गरेका छौँ । यसले हामी बीचको धार्मिक सहिष्णुतालाई अझ बलियो बनाएको छ ।’

करिब एक रोपनी क्षेत्रफलमा निर्माण भएको यस मन्दिरमा पञ्चायन भगवानको कलात्मक मुर्तीहरु राखिएको छ । मन्दिर निर्माणको लागि स्थानीय देव बहादुर विष्टले निः शुल्क जग्गा दिनु भएको हो । जग्गादाता विष्टले भने,‘ यो ठाउँमा मन्दिर निर्माण गर्न आवश्यक पर्ने जमिन मैले दिएको छु । मन्दिर निर्माण भएपछि धार्मिक पर्यटकहरुको आवगमन बढ्छ भन्ने मैले विस्वास लिएको छु ।’

गाउँपालिका र वडा कार्यालयको रु. तीन लाख लागत र स्थानीयले श्रमदान गरेर मन्दिर निर्माण गरिएको हो । गाउँपालिका भित्रका धार्मिक तथा ऐतिहासिक क्षेत्रको पहिचान गरेर विकासका लागि काम गर्ने गाउँपालिकाले जनाएको छ । यो ठाउँको शिरमा प्रसिद्ध धार्मिक टेम्केडाँडा रहेकाले यहाँको पर्यटन प्रर्वद्धनमा थप टेवा पुग्ने टेम्केमैयुङ ५ का वडाध्यक्ष सुनिल राईले बताउनुभयो । मन्दिर निर्र्माणले आन्तरिक तथा बाह्य पर्यकटहरुमा समेत बृद्धी हुने गाउँपालकाले जनाएको छ ।

मन्दिरमा राखिएको मूर्ती खोटाङको साकेला गाउँपालिकाका विर्ख बहादुर कटुवालले कलात्मक रुपमा निर्माण गर्नु भएको हो । मन्दिरको प्रचार÷ प्रसार गरेर आन्तरिक तथा बाह्य धार्मिक पर्यटक भित्राउन गाउँपालिकाले भूमिका खेल्नु पर्ने स्थानीयको भनाइ छ ।

Source

प्रतिक्रिया दिनुहोस्

Array