करौडौ खर्च गर्दा पनि १३ लाख भन्दा बडी मत बदर :किन दोहोरिन्छ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ जेष्ठ २०७९, मंगलवार
6 Min Read
Aa

काठमाडौँ — करौडौ रुपिया खर्च गर्दा पनि १३ लाख भन्दा बडी मत बदर भाको छ , किन दोहोरिन्छ , कसको कमजोरी खोज्नु जरुरि छ , राज्य ले करौडौ रुपिया खर्च गर्दा पनि मत बदर हुनु आफै मा प्रश्न चिन्ह हो , राज्य कहा चुके भन्ने बिषय मा समिक्षा हुनु जरुरि छ I स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गराउनुनिर्वाचन आयोगको प्रमुख कार्य हो ।निर्वाचनलाई प्रभावकारी बनाउन सुसूचित मतदाताको अर्थपूर्ण सहभागिता एक महत्वपुर्ण पक्ष हो ।
सुसूचित मतदाता तयार पार्न आयोगले मतदाता जागरण तथा निर्वाचन शिक्षालाई निरन्तररुपमा
सञ्चालन गर्दै आएको छ । यसै सिलसिलामा मतदाता/निर्वाचन शिक्षालाई ब्यवस्थितढंगबाट अगाडि
बढाउन वि.सं.२०६९ साल जेष्ठ ११ गते आयोग परिसरमा निर्वाचन शिक्षा तथा सूचना केन्द्र को स्थापना भई सञ्चालनमा रहेको छ– यी वाक्यहरु निर्वाचन आयोग कै वेबसाइट मा उल्लेख छ तर ठुलो रकम खर्च वावजुद कार्यनयन कति भयो भन्ने प्रश्न खडा हुनु स्वाभाविक हो । जनता को १ मत अमुल्य हो तर को १३ लाख भन्दा बडी मत बदर हुनु राज्य संयन्त्र कहा चुके ? बिगत का चुनाव को परिणाम प्रक्रिया नियाल्दा पनि किन यी कमजोरीहरु दोहोरि रहेको छ ?

कुन पार्टी को मत कति

कांग्रेसले पालिका प्रमुखमा झन्डै ४४ प्रतिशत हिस्सा हात पारे पनि सातै पद (प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र दुई खुला सदस्य) को हिसाब निकाल्दा एमालेले सबैभन्दा बढी मत पाएको छ । ७ सय ५१ पालिकामा सातै पदमा गरी ७ करोड ५८ लाख ९ हजार ७ सय ३२ मत सदर भएको थियो । जसमध्ये एमालेले २ करोड ५८ लाख ७३ हजार ९ सय १३ मत पाएको छ । यो कुल सदर मतको ३४ दशमलव १३ प्रतिशत हो । एमालेले पालिका प्रमुख र अध्यक्षमा सबैभन्दा बढी ३८ लाख ९ हजार ६ सय ९१ मत पाएको छ ।

निर्वाचन आयोगका अनुसार यसपालि १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता रहेकामा १ करोड २१ लाख ८२ हजार ४ सय ४९ जना अर्थात् ६८ दशमलव ७ प्रतिशतले मतदान गरेका थिए । जसमा करिब साढे १३ लाख मत बदर भएको छ ।
यसमा निर्वाचन आयोगले उपलब्ध गराएको उदयपुरको त्रियुगा नगरपालिकाबाहेकको तथ्यांक विश्लेषण गरिएको हो । ७ सय ५२ स्थानीय तहकै अन्तिम मत परिणाम आइसकेको छ बाजुराको बुढीगंगा नगरपालिका मात्र बाकि छ, बाजुराको बुढीगंगा नगरपालिकामा पुनः निर्वाचन हुँदै छ । । नेपाली कांग्रेसले सबैभन्दा बढी ३ सय २९ पालिकाको नेतृत्व पाएको छ । एमालेले २ सय ५, माओवादी केन्द्रले १ सय २१, जनता समाजवादी पार्टीले ३०, एकीकृत समाजवादीले २०, लोकतान्त्रिक समाजवादीले १६ र अन्य पार्टी तथा स्वतन्त्रले ३१ पालिकामा प्रमुख जितेका छन् ।
एमालेले २०७४ को निर्वाचनमा सातै पदमा गरी २ करोड १४ लाख ५० हजार मत पाएको थियो । त्यति बेला एमालेका पालिका प्रमुख र अध्यक्षका उम्मेदवारले ३१ लाख मत पाएका थिए । त्यस्तै वडाध्यक्षले प्राप्त गरेको मत ३१ लाख रहेकामा यसपालि ३८ लाख मत खसेको छ । अघिल्लो चुनावमा भन्दा यसपालि कुल मतदाताको संख्या ३६ लाख ६१ हजार बढी थियो ।

स्थानीय तहको निर्वाचनमा दोस्रो मत कांग्रेसले पाएको छ । कांग्रेसले एमालेको भन्दा ८ लाख ४७ हजार ९ सय ९४ मत कम पाएको छ । कांग्रेसका सातै पदका उम्मेदवारले २ करोड ५० लाख २५ हजार ९ सय १९ मत पाएका छन् । यो कुल सदर मतको ३३ प्रतिशत हो । कांग्रेसले २०७४ मा २ करोड ८ लाख ७४ हजार मत पाएको थियो । २०७४ मा अध्यक्ष र प्रमुखमा कांग्रेसले ३१ लाख मत पाएकामा यसपालि ३७ लाख मत खसेको छ । वडाध्यक्षमा पाँच वर्षअघि ३१ लाख पाएको कांग्रेसले यसपालि ३९ लाख पुर्‍याएको छ ।

माओवादीले सदरमध्ये १ करोड १ लाख ३२ हजार ३ सय १५ अर्थात् १३ दशमलव ६५ प्रतिशत मत पाएको छ । उसले पाँच वर्षअघि सातै पदमा १ करोड १२ लाख १४ हजार १ सय ३३ मत पाएको थियो । माओवादीले २०७४ मा भन्दा १० लाख ८१ हजार ८ सय १८ मत कम पाएको हो । २०७४ को निर्वाचनमा माओवादीले प्रमुख/अध्यक्षमा १६ लाख मत पाएकामा यसपालि १३ लाख मात्रै खसेको छ । वडाध्यक्षमा पनि २०७४ मा १६ लाख ७८ हजार मत पाएको माओवादीले यसपालि १५ लाख मात्रै पायो ।

पहिलोपटक मतदातामाझ गएको एकीकृत समाजवादीले ३ दशमलव ९३ प्रतिशत मत पाएको छ । उसका उम्मेदवारले सातै पदमा गरी २९ लाख ८४ हजार ६ सय ७९ मत ल्याएका छन् । २०७४ मा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले ३८ लाख ७२ हजार मत पाएको छ । यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमले पाँच वर्षअघि २७ लाख मत पाएको थियो । महन्थ ठाकुरसहितले नेतृत्व गरेको राष्ट्रिय जनता पार्टीले २०७४ को चुनावमा १७ लाख ६१ हजार मत पाएको थियो । ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले यसपटक १६ लाख ४५ हजार मत मात्रै पाएको छ । राप्रपाले पाँच वर्षअघि २० लाख मत पाएकामा यसपालि २६ लाख ७३ मत पाएको छ ।

यसपालिको स्थानीय चुनावमा सत्तारूढ दलहरू कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले विभिन्न पालिकामा तालमेल गरेका थिए । तालमेलका कारण कांग्रेस र माओवादीले पालिका नेतृत्वमा जित बढाएका हुन् । माओवादीले पाएको मत भने पाँच वर्षअघिको तुलनामा कम छ । एमालेले न्यून पालिकामा तालमेल गर्दा गएको स्थानीय तहभन्दा कम पालिका जिते पनि मत बढेको देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array