राजनीति,नेतृत्व र मतदानको बैज्ञानिक बिकल्प

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ बैशाख २०७९, आईतवार
11 Min Read
Aa

बारबार हामी  नेतृत्व त्यही व्यक्तिको हातमा सुम्पन्छौँ जो बारबार असफल भै राखेको छ ।

लेखको सुरुवात एउटा लोककथाबाट गर्न चाहन्छु । एउटा जङ्गलमा हिँडिरहेको एउटा बटुवाले अनौठो आवाज सुन्यो ।  यताउति हेर्दा नजिकै एउटा इनार देख्यो । आवाज इनारभित्रबाटै आएको थियो जहाँभित्रबाट एउटा मानिस घरी रुँदै घरी कराउँदै त घरी गुहार माग्दै जोड जोडको आवाज निकालिरहेको थियो । तब बटुवा इनार नजिकै गएर उसलाई सोध्दछ तिमी को हौं ? कसरी यहाँ खस्यौ ? इनार भित्रबाट उ भन्छ ‘म देशदेशान्तरमा नाम चलेको बडो प्रकाण्ड ज्योतिष हुँ, यस क्षेत्रका चक्रवर्ति राजा पनि मेरो लग्न गणना बिना दरबारबाट बाहिर पाइला राख्दैनन् । म सूर्य नक्षत्र गणना गर्दै थिए अचानक यहाँ खसेँ । तिमीलाई भगवानले मेरो उद्धार गर्न यहाँ पठाएछका हुन् । नत्र यस्तो निर्जन ठाउँमा मानिस विरलै हिँडछन् । तिमी नआएको भए म त्यसै मर्ने थिएँ । म तिन दिनदेखि यहाँ छु, कोही पनि यो बाटो हिँडेको थाहा छैन । मलाई यहाँबाट निकाल । म तिम्रो भविष्य हेरी दिन्छु ।  यदि तिम्रो भाग्यमा कुनै ग्रहदोष भए त्यसको स्वस्ति शान्ति गरिदिन्छु । त्यसपछि तिमीले भविष्यमा कहिल्यै पछि फर्कि हेर्नु पर्नेछैन ।’सो बटुवाले त्यस मानिसलाई त्यहाँबाट निकाली आफु सग रहेको खानेकुरो दिई एउटा रुखको फेदमा बसेर आफ्नो हात उसको अगिल्तिर पसारेछ ।

हामी नेपाली आज ठीक त्यही बटुवाको नियति भोग्दैछौँ । बारबार हामी  नेतृत्व त्यही व्यक्तिको हातमा सुम्पन्छौँ जो बारबार असफल भै राखेको छ । आज यस्तो कुनै पार्टी छैन या त त्यो फुटि कैयौ चोइटा भएको  नहोस् वा पार्टी भित्रै समानान्तर पार्टी सञ्चालनमा नहोस् । एउटै व्यक्ति ६र ७ पटक कार्यकारी प्रमुख हुन्छ तर उलेख्ख गर्नलायक एउटै काम देखिँदैन । जो जोतिष आफ्नो भविष्य नदेखी इनारमा खस्छ उसबाट के भविष्यवाणीको आशा गर्नु? कुनै भिजन र कार्यत्रफ्म बिना कार्यकारीमा पुग्ने नेताहरूबाट के आशा गर्न सक्छ यो देशले ? यस प्रसंगामा एउटा अनुभव लेख्न उपयुक्त ठहर्याउँछु । कुरो २०४७ सालको चुनाबपछि गिरिजाप्रसाद प्रम निर्वाचित भएपछिको हो । उनको अभिनन्दनका लागि राष्ट्रिय सभागृहमा कार्यत्रफ्म थियो । जहाँ गिरिजा प्रसादले सम्बोधन गर्नुभयो उहाँको भनाइ यस प्रकार थियो – “म नेपालको एक सुदूर गाउँमा जाँदा मलाई पानी प्यास लाग्यो । मैले पानी मागेँ तर मलाई फ्यान्टा दिइयो a।  म फ्यान्टा खाँदिन भन्दा, हैन यो त पिउने पानी हो, हामी यही पानी पिउँछौ भनेको सुन्दा मलाइ के लाग्यो भने नेपालको विकास गर्नु छ भने सर्वप्रथम शुद्ध पिउने पानी र जनस्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ, । त्यसपछि अर्को समय अर्कै गाउँमा जाँदा ससना केटाकेटी स्कूल जाने समयमा कुटोकोदालो बोकी मेलापात गएको देख्दा मलाई के लाग्यो भने यो देशको विकास गर्नु छ भने शिक्षामा जोड दिनुपर्ने रहेछ ।,” यस्तै अरू पनि एक दुई अनुभव सुनाउँदै हुनुहुन्थ्यो त्यसैबिचमा झ्याप्प लाइन गयो । निस्पट्ट अँध्यारो पो भयो । जब लाइन पुनः आयो सोही कार्यत्रफ्ममा रहनु भएका अर्का नेता किसुनजीले गिरिजालाई सुझाव दिनुभो ‘गिरिजाबाबु ,अब तपाइँ आफ्नो प्राथमिक क्षेत्र  बदल्नुस् । अब जलविद्युतलाई प्राथमिक क्षेत्र बनाउनुस् ।’ हल हाँसोमा गुन्जियो। हाम्रा नेता राज्यको सर्वोच्च निकायमा पुग्दा समेत देशको उन्नतिको लागि के गर्ने  भनेर थाहा नपाउने अन्योलको अवस्थामा नै रहने गरेको यो एउटा प्रतिनिधि उदारणमात्र हो ।

अर्को हाम्रो विडम्बना हामी निरन्तर राजनैतिक परिवर्तनको एजेन्डामा हिँडिरहेकाछौ । १९९७ सालमा चार सहिदको फासि पछि आजसम्म राजनैतिक परिवर्तनको एजेन्डा निरन्तर छ । विगत ७५ वर्षहरूमा यो पूरा भएन र हाल आएर संघीयता एउटा यस्तो मुद्दाले नेपालमा प्रवेश पाएको छ जसले अरू केही दशकसम्म सङ्त्रफ्मणकाल लम्बिने सङ्केत छ । बिगतको ७५ वर्षमा नेपालमा चार पुस्ताले स्थिरताको आशामा सो प्राप्ति नगरी गुजारिए । अब कति पुस्ताले यो पीडा अरू सहनु पर्ने हो थाहा छैन । बन्दाको बोक्रो जतिनै छोडाए पनि त्यसको गुदी भेटिने कुनै सम्भावना नरहेजस्तै नेपालमा राजनैतिक ऐजेण्डाको कुनै अन्त नहुने चिन्ता एक नेपालीको नाताले मैले पनि गर्नु स्वभाविक हो ।

हाम्रो राजनेता र राजनैतिक परिवेशका साइड ईफेक़्टहरु  देखा पर्न थालिसकेका  छन् । जुन यस प्रकार छन् ः

राज्यको विरोधमा हिंसा हुनु जायज भन्ने मान्यता सर्वस्वीकार्य भैँ सकेको छ ।  जनमतको प्रतिबिम्बको रूपमा भीड सडकमा उराल्ने, बल प्रयोगलाई प्रधानता दिने संस्कारको विकाश ।  आफ्ना माग मनाउन सीमाबन्द गरी सम्पूर्ण देशबाशीलाई बन्धक बनाउने र यसको लागि विदेशी शक्तिको सहयोग लिनेसम्मको काम  जायज मान्न थालिएको छ।   आवधिक चुनावको अर्थ निश्चित समया अबधिसम्म मनपरी गर्ने अख्तियारीको रूपमा परिभाषित भै सकेको छ ।   शान्तिपूर्ण बिरोधको आह्वान पनि बलजपफ्ती शक्तिको प्रदर्शनको औजार हुन थालेको छ ।

यी सम्पूर्ण परिदृष्यमा  पनि निकासको कुनै बाटो नभएको हैन । खाँचो त केवल नवीन सोचको मात्र छ । राजनैतिक व्यवस्था साध्य हैन साधन मात्र हो । त्यसले अबको देशको एजेन्डा भनेको आर्थिक नै हुनुपर्छ । त्यो पनि स्पष्ट मापन गर्न सकिने। भन्नुको अर्थ प्रतिव्यत्तिफ् आय जबसम्म हामी १०००० यु एस डलर पुर्‍याउन सक्दैनौँ तबसम्म जनताको आकांक्षा पूरा हुँदैन । ४० लाख जनता रोजगारीको सिलसिलामा देशबाहिर छन् र तिनले मासिक ३५र४० हजार आय गरिराखेको अवस्था छ यसको अर्थ वार्षिक ४ हजार डलर यो भनेको नेपालीको प्रति व्यक्त्ति आय ४००० डलर हुँदासम्म प्रतिफल नदेखिने अवस्थामा ३०० डलर वार्षिक प्रति व्यक्ति आय हुनु भनेको चरम चिन्ताजनक अवस्था हो । यसकारण राजनैतिक मुद्दा अब स्थगन गरी आर्थिक मुद्दामा केन्द्रित हुन ढिलो भैँ नै सकेको छ । राजनैतिक परिवर्तनको अनन्त यात्रा अब बिसाउनु नै श्रेयकार छ ।

हाम्रो देशमा राजनेता भएनन् भने अन्यत्रबाट नेता खोज्ने कुरा पनि रहँदैन । त्यसले यो समस्या हो भन्ने पहिचान गरौं । भनिन्छ समस्याको पहिचान गर्नु नै आधा समाधान हो । नेतृत्वको कमी पूरा गर्न एक नयाँ सोच प्रस्ताव गर्न चाहन्छु यसमा व्यापक बहस गरी लागू गर्न सकिएमा अक्षम नेतृत्वबाट देशले मुक्ति प्राप्त गर्नेछ ।

नयाँ निर्वाचन तथा निर्णय प्रणाली

जुन देशका ४० लाख मतदाता देशबाहिर रहन्छन र मतदान गर्नबाट बञ्चित रहन्छन सो निर्वाचनले सर्वस्वीकार्य  कसरी प्राप्त गर्नसक्ला ? नेपालको सन्दर्भमा ४० लाख सत्रिफ्य मतदाता भनेको मोटामोटी एक चौथाइ मतदाताले मत दिन नपाउनु हो । जब कि जर्ज बुशलाई २० वर्ष अघि उसको मतदाताले अन्तरिक्षबाट भोटदिएको सि एन एन ले लाइभ प्रसारण गरेको थियो । हामी निर्वाचनको निम्न व्यवस्था किन नगर्ने ? यो एकदम सुलभ र सान्दर्भिक पनि छ ।

सर्बप्रथम निर्वाचन आयोगले प्रत्येक मतदाताको डिजिटल आइ डि बनाउने जुन बायोमेट्रिक हुन्छ ।औठाको छाप, रेटिना जुन सम्भव  त्यसको डाटाबेस बनाई आफ्नो सर्भरमा राख्ने।  प्रत्येक मतदाताको नाममा एकथान मोबाइल नम्बर आयोगलेनै प्रदान गर्दछ, यसमा यदि कसैले पुरानै नम्बर राख्न चाहेमा सो  प्रदान गर्न सकिन्छ ।यो निर्वाचन आयोगमा दर्ता भएको नम्बर मोबाइल प्रदायकको कार्यत्रफ्म अनुसार नै चले पनि लामो समय निस्किर्य  रहदा खारेज हुने व्यवस्था हटाइ अन्य सेवा सुचारु नभए पनि निर्वाचनको सूचना संप्रेषण गर्न सक्ने हुन्छन् । निर्वाचन आयोगले आफ्नो सर्बरमा मतदानको लागि उपयुत्तफ् सफ्टवेयर बनाइ राख्दछ त्यस्तै प्रतेक मोबाइल प्रदायकहरुलाइ उपयुक्त सफ्टबेयर बनाइ दिन्छ । प्रत्येक गाबिसमा एकथान बायोमेट्रिक रिडेबल ल्यापटप इन्टरनेट सहिद उपल्बध गराउने ।

कुनै पनि निर्वाचनको घोषणा हुँदा मतदानको एकनिश्चित समयसिमा दिने र त्यस सिमाभरि नै भोटिङ सुबिधा उपलब्ध गराउने । निर्वाचन आयोगमा दर्ता रहेको नम्बरबाट नै खसालेको मत मान्य हुने गर्ने। यसरि मत दिदा औठा छाप या रेटिनाको फोटो वा भिडियोखिचि  आयोगको सर्भरमा भॅरिफाइ भएपछि मात्र मतदान सफल हुने ब्यबस्था गर्ने। यसमा फोटोको सट्टा भिडियोबाट लाइब भेरिफिकेशन गर्ने व्यवस्था गर्न सकिन्छ । मोबाइल चलाउन नसक्ने मतदाताको लागि गाबिसमा कम्पुटरबाट सुरक्षाकर्मिको उपस्थितिमा गोप्यमतदान गराउने। यसमा पनि बायोमेट्रिक भेरिफिकेशन अनिबार्य गराउने । बिदेशमा बस्ने मतदाताले पनि आफ्नो आईडी मार्फत  लग इन गरी बायोमेट्रिक भेरिफिकेशन गराई मत हाल्न सक्ने ।  यस प्रत्रिफ्यामा प्रयोग हुने नेटको खर्च निर्वाचन आयोगले बेहोर्ने।

यस बिधिबाट निर्बाचन र निर्णय गर्न एकदमै संम्भबछ । आज दुनियाँमा मोबाइल बैकिङ र इबैकिङको सुविधाले जनता लाखौ रुपैयाको कारोबार निर्धक्क गर्न सक्छ भने इन्टरनेट मार्फत मत जाहेर गर्न नसक्ने कुनै प्रश्न नै छैन । तर यो विधि प्रयोगमा ल्याउन सबैभन्दा ठुलो बाधक हालको नेतृत्व नै हुनेछ । एउटा अल्छी विद्यार्थी जो जाँचपास गर्नमात्र उदेश्य राख्छ । जसले गुरुको ज्ञानको कुनै मूल्य राख्दैन  । सर्टिफिकेट पाउनु मात्र उसको उद्देस्य हुन्छ । त्यस्तै हालका हाम्रा नेतृत्वको मान्यता केबल चुनाब जित्नु र त्यसपछि प्राप्त हुने वैभव, ऐस,आराम र सम्पन्नतामा मात्र अर्जुन दृष्टि रहेको छ ।

यसरी निर्वाचन गरी सकेपछि उम्मेदबार रेटिङको एउटा छुट्टै वेबपेज बनाई त्यसमा प्रत्येक उम्मेदवारको  काम अनुसार लाइक र डिसलाइकगर्ने अप्सन पनि राख्न सकिन्छ । यदि उसले पाएको मत बराबर डिसलाइक भएमा उप निर्बाचन गर्ने प्रावधान पनि राख्न सकिन्छ । यसो गर्दा सो पदाधिकारी जनताप्रति उत्तरदायी हुन करै लाग्छ ।

यसरी निर्वाचन गरिसकेपछि देशको कार्यकारी प्रमुखलाई दैनिक कार्यसञ्चालनको दायित्वमात्र दिई राष्टिय दुरगामि महत्वका सम्पुर्ण निर्णय जनमतबाट गर्दा आज देखिएको बिदेशीले दुईचार जना नेतालाई प्रभावमा लिई राष्टलाई दुरगामी असर पर्ने निर्णय सहजै रोकिन्छ भने नेताहरुको अक्षमताको बन्धक देश सधै रहिरहने छैन ।

यसरी हामीले निर्वाचन पद्दति बदल्न सक्यौँ भने मात्र राजनैतिक मुध्दाहरु क्रमश हराएर जानेछन् । कुनै पनि जटिल मुद्दाको उठान हुने बित्तिकै तुरन्त जनमतले त्यसको निर्णय दिइहाल्न सक्छ र बाँकी मुद्दा भनेको आर्थिक मात्र रहन्छ । आर्थिक मुद्दामा विषयगत हुनै पर्नेछ ।  मैले सरकारको निर्माण गरेको खण्डमा प्रतिव्यक्ति आय यति पुर्‍याउँछ भनी जनतासित कसम खानुपर्ने अवस्थाको सिर्जना हुने छ । यदि बेइमानी पुर्बक चुनाब जितिहाले पनि जनता संन्तुष्ट नभएमा तुरन्त फिर्ता बोलाउन सक्नेछन् । यसरी क्रमिक रुपमा असकक्षमहरु पाखा लागि सक्षमहरुको हातमा नेतृत्व हस्तान्तरण हुनेछ । जुनदेशमा सत्तामा जान को कति जेल नेल भोगेको छ त्यो प्राथमिक योग्यता मानिन्छ त्यस्तो देशमा यो व्यवस्था लागु गर्न त्यतिकै चुनौतिपूर्ण पनि छ ।

लेखकरामहरि शर्मा

प्रतिक्रिया दिनुहोस्

Array