“मच्चियो मच्चियो थच्चियो” रहस्यै रहस्यले परिपूर्ण ओलीकाे चुच्चे नक्सा !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ बैशाख २०७९, शुक्रबार
9 Min Read
Aa

लेखक

-डी राज कोइराला

 

प्रस्तुत चारवटा नक्सा मध्ये पहिलो लामो नक्सा कनका तिष्टा र काङगडा सतलज भित्रको गोर्खा साम्राज्य हो जस्को राजधानी नेपाल खाल्डोको काठमाण्डौ स्थित ( सम्बत १८१४ को ताम्रपत्रानुसार गोर्खाराज कान्तिपुरी भवन नै ) हो । बडामहाराज पृथ्वीनारायण शाहबाट राज्य विस्तारको अभियान शुरु भई उन्का नातिका रणबहादुर शाहका राज्यकालमा मुख्तियार बनेर आफ्ना पिता पृथ्वीनारायण शाहले थालेको गोर्खा राज्य विस्तारको अभियानलाई निरन्तरता दिने देशभक्त राजकुमार बहादुर शाहका निर्देशित नेतृत्वमा निर्माण भएको विशाल गोर्खा साम्राज्यको प्रस्तुत नक्सा भित्रको गोर्खा साम्राज्यलाई तथाकथित २ डिसेम्बर १८१५ को सुगौली सन्धिबाट खण्डित हुन पुगेको इतिहास छ जीउँदै छ ।

दोश्रो गोलो नक्सा ऐतिहासिक नेपालको हो, जुन नेपाललाई नेपाल (देश) राज्यका पछिल्ला राजा यक्षमल्लले उनकै जीवन काल सन् १७७४-७६ भन्दा पहिल नै नेपालको अस्तित्व लोप गराउँदै नेपाल राज्यलाई चार टुक्रामा विभक्त पारेपछि नेपाल मण्डल, नेपाल खाल्डो नाम बाहेक नेपाल नामको देश नै थिएन । यही नेपाल खाल्डोबाट जन्मिएका काठमाण्डौ, पाटन र बनेपा सहितको भादगाउँ नामका (देश) राज्यहरूलाई गोर्खा नरेश बडामहाराज पृथ्वीनारायण शाहकै राज्यकालमा गोर्खा राज्यमा विलय गराएको सत्य इतिहास छदै छ । यस्तो इतिहासलाई अल्मल्याई विदेशीहरूले राखिदिएको नाम नेपाल अर्थात हाल यो देशको भोगचलनमा रहेको नेपाल देश नै गोर्खा नरेश बडामहाराज पृथ्वीनारायण शाहबाट नेपाल एकिकरण गरी निर्माण गरेको हो भन्दै लेख्तै सत्य इतिहासलाई जबर्जस्ती ढाक छोप गरेकै भरमा गतिलै विज्ञ कहलिएका मानिसहरू यो देशमा नभएका भने होइनन् तापनि गोर्खा राज्यमा विलय भएको वास्तविक नेपालको नक्सा चै यही नै हो ।

)

तेश्रो नक्सा चै श्री ३ महाराज जङ्गबहादुर राणाले इष्टइण्डीया कम्पनीसंग सन् १८६० मा सन्धि गरी निर्धारण गरेको सीमानामा जङ्गे पिलर ठड्याई सुरक्षित राखेको मेची पश्चीम र (महा)काली पूर्वको भूभाग भएको  मुलुक तथा नेपाल खाल्डोमा विराजमान गोर्खेश्वर महाराजका देशको राजधानी निपाल उल्लेख भए पनि देश र सरकारको नाम चै गोर्खा नै भएको प्रमाण पाइएको हुनाले  त्यो बेलादेखि कायम भएको गोर्खा देशको निर्धारित नक्सा यही हो । समय क्रममा किन के कसरी हो भन्ने विषयमा अनुसन्धान हुँदै जाने भए पनि श्री ३ महाराज जङ्गबहादुर राणाले बनाउन लगाएका जङ्गे पिलर भित्रका सबै भूभाग सँगेटिएको नक्साको पश्चिमोत्तर दिशामा रहेको चुच्चो हराएर बुच्चो नक्सालाई प्रमाणित नक्सा मानी यही नक्सामा चौध अञ्चल पचहत्तर जिल्ला र चार विकास क्षत्र कायम भएको तथ्य सबैले जानेकै हो ।

चौथो चुच्चे नक्सा चै केपी ओली प्रधानमन्त्री भएका बखतमा बनिएर संवैधानिक अङ्ग भएको हो । यो नक्सालाई संवैधानिक बनाउँदा इष्ट इण्डीया कम्पनीसंग भएको सन् १८६० को सन्धिको धारा २ र ३ लाई प्रमाणकारुपमा उल्लेख गर्नु पर्नेमा यो नयाँ नक्सा बनाउनकालागि सरोकार नै नभएको २ डिसेम्बर १८१५ को सुगौली सन्धिलाई आधार मान्दै सन् १९५० का सन्धिलाई खारेजीको घोषणा गर्दै तयार गरेको नक्सालाई संवैधानिक बनाउने काममा सुजन बुझ होहोरेमा ल्याप्चे ठोक्ने सांसदहरुको दुईतिहाई बहुमतले गर्दा झन रहश्यपूर्ण हुन आएको छ ।

नक्सा यस्तो छ

                             

 

सो सन् १८६० को सन्धिको धारा २ र ३ मा यस्तो लेखिएको छ:-

Article II

The British Government  hereby Bestows on the Maharajah of Nipal is full sovereignty, the whole lowlands between the River Kali and Raptee and  the whole lowlands laying between the River Raptee and the District of Gorukpore, wich were in the possession of Nipal State in the year 1815, and were ceded to the British Government by Article II of the Treaty concluded at Segowlee on 2nd of December in that years .

( एवं रितले बृटीश सरकारले निपाल राज्यलाई सार्वभौमसत्ता सहितको राप्ती र काली (महाकाली) नदीका बीचमा परेका तराईका भूभागहरु र राप्ती नदी र गोरखपुर जिल्लाका बीचमा परेका तराईका सबै भूभागहरू प्रदान गर्द छ । यी भूभागहरू सन् १८१५ मा निपाल राज्यका अधिकारमा थिए र उसै बर्षको २ डिसेम्बरमा भएको सुगौली सन्धिका धारा ३ बमोजिम बृटीश सरकारलाई सुम्पिएको थियो )।

Article III

The boundary line surveyed by the British Commissioners appointed for the purpose extending eastward from the River Kali Or Sardha to the foot of the hills north of Bagowra Tal, and marked by pillars, shall henceforth be the boundary between the British Province of Oudh and the Territories of Maharajaha of Nipal.

(पूर्व तर्फ काली वा शारदा  नदीदेखि बागोरा तालका उत्तर पट्टिका पहाडहरुका फेदसम्म रहेका भूभागहरूका निम्ति बृटीश कमिश्नरहरुद्वारा भर्ति गरिएकाहरूबाट नाप जाँच गरी खम्बा गाडी चिन्न लगाइएका सीमा रेखा अब उसो, अवधका बृटीश भूभागहरू र निपालका भूभागहरूको बीचमा सीमा हुने छ )

तर प्रधानमन्त्री ओलीलाई चाकडीका भरमा खुशी पार्दै गलत सल्लाह दिन सफल भएका माफीयाहरूका अतिरिक्त विभिन्न खाले विदेशी जासुसहरूका गोप्य परामर्शमा भारतीय हितलाई ध्यानमा राखी मुखकै भरमा सन् १९५० मा भएको भारतसंगको सन्धि खारेजी र सन् १८१५ को सुगौली सन्धिलाई संसदमा बौराएको घोषणा गर्दै यो चुच्चे नक्सालाई सविधान संसोधन गरी संवैधानिक बनाईएको हो ।

विश्वका सबै देशहरूका संविधानमा देशको नक्सा (म्याप) राख्ने चलन संसारमा नै चलेको छ कि यो काम गर्नेमा हाम्रो देश नै संसारमा नै प्रथम भएको हो मेरो अल्प ज्ञानले एकिन गर्न सकेन ।  भारतीय नेताहरू आएर यो देशमा उहिल्यै अफापशिध्द ठहरिएको बहुदलतन्त्र भिडाउँदा नै जब बहुदलीय व्यवस्थाको संविधान बनाउँदा वर्तमान
नेपालको नक्सालाई संवैधानिक बनाउने सर्तमा गिरीजा प्रसाद कोइराला र मनमोहन अधिकारी समेतका केही भारतभक्तहरू तात्कालिन अराष्ट्रिय तत्वहरूलाई निर्देशन दिएकोमा, राजा श्री ५ बिरेन्द्र, गणेशमान सिंह ,र कृष्णप्रसाद भटराईहरू सहमत नभएकाले भारतीय चाहनाको काम पुरा पुरा हुन नसकेको अवस्था विद्यमान रहेकै समयमा झण्डै दुईतीहाईबाट केपी ओलीका नेतृत्वमा बनेको कम्युनिष्ट सरकारले पुरा गरिदिएर भारतलाई ३१ जुलाई १९५० को नेपाल भारत मैत्री तथा शान्ति सन्धिको धारा ८ ले पारेको असुविधाबाट सदाकालागि मुक्ति दिलाउने तथा यो देशलाई खण्डित बनाएर भए पनि सत्तामा चै टाँसिरहने प्रयाशको थालनी भएको देखिन्छ ।

प्रधानमन्त्री ओलीले खारेज भएको सुगौली सन्धिलाई बौराएको घोषणा गर्दा यो  सन्धिको कार्यान्वयनको बाटो खुल्न आउने र कार्यन्वयन हुँदाका बखत यो सन्धिको धारा ३ को उपधारा १, २ र ३ मा उल्लेख भएका भूभागहरू “युक्रेनको क्रिमीया” जस्तै हुन जानेछ भन्ने सत्य घटनालाई ख्यालै नगरी वा जानी जानी भारतलाई खुशी राख्ने कपटपूर्ण भित्री उद्देश्य भएकाले हो वा महान राष्ट्रवादी बनिने लोभले गर्दा हो वा मैले जे गरे पनि जे भने पनि हुन्छ भन्ने अहम पना प्रष्फुटित भएर हो यसै होला भन्न सकिन्न ।

तर यो बेलामा उनी केही अपवाद बाहेक सबै पार्टीका अधिकांश संसदहरूका विवेकको खील झिक्न सफल भएकै हुन नत्र कुनै न कुनै सांसदहरुले सुगौली सन्धि बौराउँदा यो देश खण्डित हुन जान्छ, त्यसैले सन् १८६० को सन्धिलाई आधार मानेर यो चुच्चे नक्सालाई संवैधानिक बनाउनु पर्छ भन्न सक्नु पर्ने थियो तर  “कसले बाँध्ने बिरालाका घाँटीमा घण्टी ” भन्ने उखानले सबै सांसदहरु हलनचलको अवस्थामा पुगेको देखिन्छ ।  ।

यो देशका सांसदहरू र देशवासी जनता समेतका आँखामा छारो हाल्न सफल भएका प्रधानमन्त्री केपी ओली उनका  अन्धभक्त समर्थकहरुका नजरमा महान राष्ट्रवादी देखिए पनि चुच्चे नक्सा संवैधानिक बनाउने सिलसिलामा प्रधानन्त्री केपी ओलीको नाटकीय अभिनय थियो भन्ने कुरा यो देशका तथाकथित स्वनामधन्य विद्वानहरू, बुध्दिजीवीहरु, इतिहासविदहरू, इतिहासका डिग्रीधारी प्राडाहरू, परराष्ट्रविद र राजनैतिक विश्लेषक समेतका विवेकमा त्यो बेलादेखि हालसम्म पनि घुस्न सकेको देखिदैन भने विदेशी आडमा बनेका गणतन्त्रवादी पार्टीका पदाधिकारी र कार्यकर्ताका विवेकमा यस्तो जटिल र गहन विषय घुसोस पो कसरी ?

यो चुच्चे नक्सा संवैधानिक त भयो तर त्यो नक्सामा परेका भूभागहरूबाट भारतीय भोगचलन हटाई यो देशको भोग चलन गराउने तर्फ न ओली सरकारले कुटनैतिक पहल गर्यो न वर्तमान देउवा सरकारले ।  यो नक्साको कथा केवल “मच्चियो मच्चियो थच्चियो” बाहेक अरू केही भयो र  ?

जनस्तरदेखि माथिसम्म तथा स्वदेशदेखि विदेशसम्म चर्चामा आएको यो देशको चुच्चे नक्सा नक्सा माथि नै स्वदेशदेखि विदेशसम्म राजनैतिक षडयन्त्र चलिरहेकाले “कताको जिली कताको गाँठी”  हुन पुगेको वर्तमान अवस्थामा पुरान सन्धि सम्झौता लिखत प्रमाणहरु अध्ययन गरी अध्ययनका आधारमा यो देशको सरकारले इष्ट इण्डीया कम्पनीको मालिक बृटीश सरकार र भारत सरकारसंग कुटनैतिक वार्ताका माध्यमबाट सबै प्रमाणहरूका आधारमा देशको साँधसीमाना खुट्याई यो देशका सबै चुच्चे भूभागहरूमा भोगचलन गर्नु गराउनु पर्नेमा विदेशीका आडमा यो देशको बागडोर जबर्जस्ती कब्जा गरेर बसेका गणतन्त्रवादीहरुबाट यो काम सम्भव देखिदैन ।

उनीहरूको उद्देश्य तथ्य र प्रमाणका आधारमा यो देशको वास्तविक साँधसीमाना खुट्याएर त्यसलाई अखण्डित राख्नु त परै जावस संवैधानिक बनाइको चुच्च नक्सा भित्रका भूभागहरू भोगचलन गर्ने गराउने तर्फ नभएर यो देशका जनता जनार्दनलाई उल्लु बनाउँदै विभाजित गराएर आपसमा लडाउन , आफ्नो पार्टीलाई अब्बल र बलीयो बनाउँन अनि जसरी भए पनि चुनाव जित्न, विदेशी शक्ति राष्ट्रहरुको भक्ति गर्दै भीख माग्न, रिण काढ्न र सत्ता बचाएर सत्ताको दुरुपयोग गर्दै धन अर्जन गर्न, आफ्ना र आफ्ना चाकडीवाजहरूलाई अवसर दिन तथा  मोजमस्तीमा रम्न बाहेक अरू नदेखिएको हुनाले देशको साँधसीमाना मिचिएको जङ्गे पिलर गायव भएको प्रति ध्यान दिने फुर्सद कोबाट कसरी निस्कियोस ? ।।

जय गोरखनाथ, जय गोर्खा ।।

प्रतिक्रिया दिनुहोस्

Array