राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका कांग्रेसका नेताहरूसँग छलफल गरेकी छन्।

सोमबार दिउँसो २ बजेदेखि भएको छलफलमा राष्ट्रपतिले विभिन्न जिज्ञासा राखेकी थिइन् । खास जिज्ञासा नागरिकता विधेयकबारे रहेको कांग्रेस महामन्त्री गगन थापाले बताए । साथै राष्ट्रपतिले आगामी निर्वाचन को बारेमा समेत चासो राखेकी थिइन् ।
राष्ट्रपतिको जिज्ञासामा प्रधानमन्त्री देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले यसअघि ल्याएको नागरिकता अध्यादेशलाई अहिलेको सरकारले विधेयकका रूपमा ल्याएको जवाफ दिएका थिए।
यस्तै प्रधानमन्त्री देउवाले चुनाव निष्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा सम्पन्न हुने बताएका थिए।
भेटमा कांग्रेसका तर्फबाट सभापति देउवा, उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा र सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागि थिए।