राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ फाल्गुन २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।

पार्टी कार्यालय तीनकुनेमा बुधबार बसेको समाजवादीको सचिवालय बैठकले आठ दलको तर्फबाट राष्ट्रपतिको साझा उम्मेदवार बनाइएका रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

- Advertisement -
Ad imageAd image

उनले सरकारमा जाने बिषयमा आफुहरु सकारात्मक रहेकाले सरकारमा जाने प्रक्रिया सुरु भएपछि छलफल अघि बढाउने बताए। पार्टी भित्र सरकारमा गए कुन मन्त्रालय लिने भन्ने बिषयमा कुनै छलफल नै नभएको उनको भनाइ छ।

अहिलको अवस्थामा पार्टीले गरेका निर्णयहरु सहि नै भएको उनले बताए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्