यू-१९ एसिया छनोट: नेपाल र मलेसिया खेल्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ फाल्गुन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – यूएईमा जारी रहेको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आज मंगलबार मलेसियासँग खेल्दै छ ।

यूएईस्थित मलेक क्रिकेट मैदान आजमानमा हुने खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरु हुनेछ। जारी प्रतियोगितामा नेपाल अपराजित छ।

- Advertisement -
Ad image
उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाल लगातार चौथो जित हात पार्दै विश्वकप छनोटको सम्भावना बलियो बनाउने लक्ष्यमा छ। नेपालले यसअघि सिंगापुर, कुवेत र हङकङमाथि सहज जित निकालेको थियो।

मलेसिया भने आफ्ना तीन खेलमा एकमा मात्र विजयी भएको छ। नेपाल तीन खेलबाट ६ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा छ।

समान खेलबाट ६ अङ्क बटुलेको यूएई शीर्ष स्थानमा छ। यूएईले नेपाललाई रन रेटमा पछि पारेको हो। ६ राष्ट्र सम्मिलित छनोट खेलको शीर्ष स्थानमा रहने टिमले सन् २०२४ मा श्रीलङ्कामा हुने विश्वकप खेल्ने अवसर पाउनेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्