ओलीलाई देउवाको पत्र: राष्ट्रपतिमा रामचन्द्र पौडेललाई सहयोग गर्नुस्

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ फाल्गुन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन्।

देउवाले आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलका लागि ओलीसँग भोट मागेका हुन् । एमालेले पनि राष्ट्रपतिमा आफ्ना उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ।

- Advertisement -
Ad image
ओलीले कांग्रेस बाहेकका दल र स्वतन्त्र उम्मेदवारहरूलाई पत्र पठाएर राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार नेम्वाङका लागि भोट मागेका थिए । आगामी २५ फागुनमा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्