काठमाडौँ – देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार परिसर भित्र रहेको केन्द्रीय क्यान्टिनमा म्याद गुज्रिएका अखाद्य खानेकुरा तथा मसला भेटिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार गरेको आकस्मिक अनुगमनका क्रममा खान अयोग्य वस्तु फेला परेको हो ।
साथै उक्त क्यान्टिन सञ्चालन गर्ने ‘कञ्चन चमेना गृह’ र यसका सञ्चालक उत्तम भट्टलाई उपभोक्ता हित विपरीतको कसुर गरेको भन्दै तत्काल ३ लाख रुपैयाँ जरिवाना समेत गरिएको विभागले जनाएको छ ।
यो मात्रै होइन, सिंहदरवारभित्र सञ्चालित अधिकांश यस्ता चमेना गृहहरू कुनै भट्टी भन्दा कम छैनन्, न त खुल्ला स्पेस नै छ न त गुणस्तरीय नै, सरसफाइ त कुन चरीको नाम हो भन्ने अवस्था सिंहदरवारमै छ ।


प्रतिक्रिया दिनुहोस्