काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्ने बताएका छन् ।
प्रदेशस्तरीय पार्टीको प्रशिक्षण कार्यक्रमका लागि धनुषाको लालगढ पुगेका नेपालले भने, ‘सरकार पुनर्गठनबारे छलफल भएको छैन । तर एमालेलाई किन सरकारबाट निकाल्ने ? एमालेसहितका राष्ट्रिय सरकार बन्नुपर्छ ।’
अध्यक्ष नेपालले राष्ट्रपति चयन गर्नुपर्ने विषयमा विदेशी चलखेल नभएको दाबी गरे । राष्ट्रिय हितको लागि पुरानो गठबन्धन ब्युँतिएको र काँग्रेस राष्ट्रपति दिएको उनको भनाई थियो ।


प्रतिक्रिया दिनुहोस्