काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अतिकम विकसित मुलुकहरूको सम्मेलनमा भाग लिन कतार जाने भएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रचण्ड शुक्रबार कतारको दोहामा हुने सम्मेलनमा सहभागी हुने छन् ।
उक्त सम्मेलनमा परराष्ट्र मन्त्री विमला राई पौड्यालसमेत सहभागी हुनेछिन् । प्रचण्ड २२ गतेपछि नेपाल फर्किने छन् ।


प्रतिक्रिया दिनुहोस्