काठमाडौँ – सुनको भाउ निरन्तर सस्ताे हुँदै आएको छ । फागुन १४ गते,आइतबार सुन प्रति तोलामा ४०० रुपैयाँले गिरावट भएको हाे । चाँदीको भाउ पनि यस दिन तोलामा १५ रुपैयाँले घटेको छ ।
नेपाल सु्नचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २ हजार रुपैयाँमा झरेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार पनि सुनको मूल्य ओरालो लागेको थियो । साे दिन सुन तोलामा ३०० रुपैयाँले घट्दा प्रतितोला एक लाख २ हजार ४०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
आज चाँदीको मूल्य पनि गिरावट भएको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले सस्तिँदा प्रतितोला एक हजार २६० रुपैयाँमा किनबेच हुँदैछ ।
अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला १० रुपैयाँले घट्दा एक हजार २७५ रुपैयाँ तोकिएको थियो ।


प्रतिक्रिया दिनुहोस्