सन्दीपको मुद्दा सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ फाल्गुन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दा सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा परेको छ ।

यो इजलासमा सन्दीपलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्नेबारे सुनवाइ हुँदैछ ।

- Advertisement -
Ad imageAd image
आइतबारको सुनुवाइ उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा छाड्न गरेको आदेश ठिक थियो कि थिएन भन्नेमा केन्द्रित हुनेछ ।

सर्वोच्च अदालतले उच्च अदालतको आदेश सदर गरेमा मात्रै ‘आफूलाई विदेश जान अनुमति दिनुपर्ने’ भनी लामिछानेले पेस गरेको निवेदनमा बहस हुनेछ ।

शुक्रबार नै लामिछानेविरुद्ध महान्यायाधिवक्ता कार्यालयले पेस गरेको निवेदन पेशीमा तोकिएपछि ‘हेर्न नभ्याइने’ कारण सुनुवाइ हुन सकेको थिएन । सर्वोच्च अदालतको एकल इजलासले त्यो निवेदनसहित लामिछानेले विदेश जान अनुमति माग गरेको निवेदनलाई एक साथ पेस गर्न आदेश दिएको थियो । आइतबार यी दुवै निवेदनमाथि सुनुवाइ हुनेछ ।

सर्वोच्च अदालतले आदेश सदर गरेमा लामिछाने थुनामा बस्नुपर्नेछ भने उनलाई साधारण तारिखमा छाड्ने आदेश गरेमा उनले विदेश जान अनुमति माग्नुपर्ने छैन ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्