आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गतको खेलमा नेपालको कुवेतमाथि विशाल जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ फाल्गुन २०७९, शनिबार
2 Min Read
Aa

आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गत भएको खेलमा नेपालले कुवेतमाथि २४३ रनको विशाल जित हात पारेको छ । अर्जुन कुमाल र देव खनालले शतकको सहयोगमा  नेपालले ३४३ रन बनायो । ३४४ रनको लक्ष पच्छ्याएको कुवेत ३०.५ ओभरमा १०० रनमा अलआउट भएको हो । नेपालका बलर आकाश चन्दले ६ विकेट लिए ।

कप्तान गुल्सन झालाई सिनियर टिमबाट रिलिज गर्न प्रशिक्षक मोन्टी देसाईँले नमानेपछि उनको स्थानमा आकाशले अवसर पाएका थिए र भ्रमणको अघिल्लो दिनमात्र टिममा सहभागि गरिएका थिए ।

- Advertisement -
Ad imageAd image

नेपालका तिव्र गतिका बलर हेमन्त धामी र स्पिनर दिपेश कंडेलले समान २-२ विकेट लिए ।

कुवेतका लागि ओपनर जुड क्रिस्टोफर सल्धनाले सर्वाधिक २६ रन बनाए । उनले २४ बलमा ४ चौका प्रहार गरे । अर्का ओपनर किशोरभाइ हिन्सुलु १६ बलमा १६ रन बनाए । कुवेतका लागि पहिलो विकेटका ३४ रनको साझेदारी नै सबैभन्दा बढीको साझेदारी रह्यो । मोहम्मद रसिकले १९ रन बनाए भने अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यसअघि  टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३४३ रन बनाएको थियो  । नेपालका लागि देव खनालले  १२५ रन बनाए । ११७ बलको सामना गरेका उनले ९ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै अर्जुन कुमाल १०८ रन बनाए । ११२ बल खेलेका उनले १२ चौका प्रहार गरेका थिए ।

विशाल विक्रम केसी २३ तथा दीपक बोहरा १९ रनमा आउट भए । ओपनर दीपक बोहोराले १३ रन बनाए । आकाश त्रिपाठी र सुवास भण्डारी २ रन बनाउँदै आउट भएका थिए । दीपकप्रसाद डुम्रे २० र दिपेश कँडेल २ रनमा नटआउट रहे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्