राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन आजबाट सुरु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौँ महाधिवेशन आजबाट सुरु भएको छ । धादिङको सदरमुकाम धादिङबेँसीमा आजबाट सुरु महाधिवेशन १४ गतेसम्म चल्नेछ । आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्दै महाधिवेशन सकिनेछ ।

प्रतिष्ठानका ५४ जिल्ला, नौ उपत्यका समन्वय समिति, नौ विदेश शाखा गरी कूल ७२ जिल्लास्तरीय समिति र पाँच प्रदेश तथा एक उपत्यका समन्वय समिति गरी ६ प्रदेशस्तरीय समिति छन् ।

प्रतिष्ठानका अध्यक्ष रमेश बिजीका अनुसार २३ हजार ३२२ साधारण सदस्य, दुई हजार ७७३ आजीवन सदस्य र २६ मानार्थ सदस्यसहित कुल २६ हजार ११८ जना प्रतिष्ठानमा आबद्ध छन् ।

महाधिवेशनमा केन्द्रीय समिति, ६ प्रदेशस्तरीय समिति र ७२ जिल्लास्तरीय समितिका एक हजार प्रतिनिधिको सहभागिता रहने अध्यक्ष बिजीले जानकारी दिए । महाधिवेशन एवं २२औँ वार्षिक साधारणसभाको तयारी पूरा भएको उनले जानकारी दिए ।

अध्यक्ष बिजीका अनुसार संस्थागततर्फबाट अध्यक्षको आधिकारिक उमेदवार रीता थापा हुन् । रोलक्रमले अध्यक्षमा उनको पालो आएको रमेशको भनाइ छ । अध्यक्षमा अन्य कोही आकांक्षी भए सहमतिको प्रयास हुने तर सहमति नजुटे निर्वाचन हुने बताए ।

पदाधिकारीमा सकेसम्म सहमतिको प्रयास हुने भन्दै उनले समझदारी नजुटे निर्वाचन हुने स्पष्ट पारे । सदस्यका लागि धेरै आकांक्षी भएकाले निर्वाचनको विकल्प नरहेको रमेशले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

Array