क्रिकेट स्पट फिक्सिङ गरेको आरोपमा ५ विरुद्ध मुद्दा दर्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले क्रिकेट स्पट फिक्सिङ गरेको आरोपमा ५ जना नेपाली विरुद्ध मात्र मुद्दा दर्ता गरेको छ ।

खेलाडीहरु मे‍हबुब आलम र आदिल अन्सारीसहित नितेश शाह, नविन कँडेल र रवि माझीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो । मे‍हबुब आलम र आदिल अन्सारी र नितेश शाह हिरासतमा छन् भने, कँडेल र माझी फरार छन् । विदेशीको हकमा यकिन नाम थर, वतन खुलेको अवस्थामा वा नेपालमा पक्राउ परेको अवस्थामा अर्को अभियोग पत्र दर्ता गर्ने निर्णय सरकारी वकिल कार्यालयले जनाएको छ ।

- Advertisement -
Ad imageAd image

नेपाल टी-२० लिगका आयोजक सेभेन थ्री स्पोर्ट्सका जतिन अहलुवालिया र अभिषेक शक्लानी, वेस्ट इन्डिजका खेलाडी आन्द्रे म्याकर्थी तथा भारतीय नागरिकहरु समिर शेख, विरेन्द्र शाह र विकाश ध्यानी पक्राउ परे वा उनीहरुको नाम थर, वतन खुलेको अवस्थामा अर्को अभियोग पत्र दर्ता हुने सरकारी वकिल कार्यालयले निर्णय लिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्