मन्त्रीपरिषद् बैठकले २०७८ को माघदेखि असार मसान्तसम्मको अवधिमा बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिने गरेको निर्णयानुसार बर्डफ्लुबाट प्रभावित देशभरका सयौँ किसानले क्षतिपूर्ति पाउने भएका छन् । जसअनुसार देशभरका किसानले करिव ५८ करोड रुपैयाँ क्षतिपूर्ति पाउने बताइएको छ ।
पशुसेवा विभागका अनुसार क्षतिपूर्ति दिने काम अघि बढेको छ अव मन्त्रिपरिषद्को निर्णयबाट देशका विभिन्न १५ वटा जिल्लाका ३०० भन्दा धेरै किसानले क्षतिपूर्ति पाउनेछन् ।
सरकारले दिने क्षतिपूर्ति बापतको रकम पाउन सम्बन्धित जिल्लाबाट किसान काठमाडौँ आउनै नपर्ने व्यवस्था मिलाएको पशुसेवा विभागले जनाएको छ । अर्थ मन्त्रालयबाट सिधै जिल्लाको खातामा क्षतिपूर्ति बापतको रकम जानेछ ।


प्रतिक्रिया दिनुहोस्