पेरिस – खेलको इन्जुरी समयमा लियोनेल मेस्सीले फ्रिककबाट उत्कृष्ट गोल गरेपछि पेरिस सेन्ट जर्मेनले सात गोलको थ्रिलरमा लिलमाथि रोमाञ्चक जीत हासिल गरेको छ । दुई गोलको अग्रता बनाएको पीएसजी २–३ ले पछि पर्न पुगेको थियो । तर, खेलको अन्त्यमा उत्कृष्ट पुनरागमन गर्दै टोली ४–३ गोलले विजयी बन्यो ।
खेलमा ब्राजिलियन फरवार्ड नेयमार घाइते हुँदै मैदान छाड्न बाध्य बनेका थिए । उनले यो सिजन लिगमा १३ गोल गर्नुका साथै १० वटा एसिस्ट गरेका छन् ।
जीतपछि २४ खेलबाट पीएसजी ५७ अंकसहित शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको मार्सेको ५२ अंक रहेको छ । ५० अंकसहित मोनाको तेस्रो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस्