काठमाडौं–नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी पनि पुराना जस्तै पदको आशक्तिबाहेक अरु केही नदेखिएको बताएका हुन्। अहिले रास्वपा मुलुकका लागि घाँडो भएको टिप्पणी गरेका छन् । उनले भने, ‘नयाँ घण्टी बजाउँदै आएको पार्टीको चरित्र पनि देखे जनताले। पहिले त के–के न गर्ला भन्ने लागेको थियो। नयाँ आए तर घाँडो भए। अदालतले मुद्दा लगायो। पदबाट हटे। त्यही पनि त्यही पद चाहिन्छ भनेर हैरान पारेपछि त्यो गठबन्धन पनि संकटमा परेको छ। कुन दिन त्यो गठबन्धन भत्किने हो ठेगान छैन।’
आइतबार काठमाडौँको कीर्तिपुरमा आयोजित पार्टीनिकट अनेरास्ववियू स्थायी कमिटी बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले के–के न गरौँला भनेर आएको उक्त पार्टीमा पनि नयाँ घण्टी बजाउँदै आएको रास्वपाको चरित्र पनि जनताले देखिसकेको नेपालको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस्