काठमाडौं–
काठमाडौंको पुरानो बानेश्वरमा रामेछाप घर भएका ४२ वर्षीय किशोर भण्डारी र उनकी ७ वर्षीया छोरी मृत अवस्थामा भेटिएका छन् । शनिबार साँझ ६ बजे दुई जनाको शव भेटिएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा भण्डारीले छोरीलाई छुरा प्रहार गरेर आफुले आत्माहत्य गरेको हुनसक्ने प्रहरी वृत्त, बानेश्वरका डीएसपी मिमबहादुर लामाले बताए । फारमेसि सञ्चालन गर्दै आएका भण्डारी झुण्डिएको अवस्थामा फेला परेको का छन् ।श्रीमती र ६ महिने छोरालाई भने पेप्सिकोला स्थित आफ्न्ताको घरमा पठाएको जानकारी दिएको छ ।
त्यसैले उनले छोरीको हत्यापछि आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरु बताउँछन् । छोरी शारीरिकरुपमा अशक्त रहेको र छोरीको उपचार गर्न नसकेको भन्दै चिन्तित थिए ।
घटनास्थलमा प्रहरीले सुसाइड नोट समेत फेला पारेको जानकारी दिएको छ । जसमा आर्थिक समस्या लगायत विविध विषय लेखिएको प्रहरीको भनाइ छ ।
प्रहरीले घटनाको जाँचबुझका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञको टोली पनि घटनास्थलमा बोलाएको थियो ।त्यसक्रममा घटना अपराह्न ३र४ बजेतिरको हुनसक्ने आशंका गरिएको छ । घरमा चार जनाको परिवार बस्दै आएको भएपनि शनिबार अरु दुई जना बाहिर थिए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्