काठमाडौं–
उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्ध प्रदर्शन गर्ने तयारी गरेको छ । मेयर शाहले काठमाडौँवासीलाई त्रसित बनाएको भन्दै विरोध प्रदर्शन गर्न लागिएको समितिका संयोजक सुमन सायमीले बताएका छन् । उनका अनुसार यही माघ १५ गते राजधानीको माइतीघर मण्डलामा मेयर शाहविरुद्ध धर्ना तथा प्रदर्शन गर्न लागेको जानकारी दिएको छ ।
मेयर शाह निरंकुश शैलीमा अघि बढेको र विकासका नाममा डोजर आतंक फैलाएको भन्दै विरोध प्रदर्शन गर्न लागेको समितिले जनाकारी दिएको छ।
मेयर बालेन विरुद्ध प्रदर्शन गर्ने तयारी

प्रतिक्रिया दिनुहोस्