विश्व इतिहासमा आज: ओबामा राष्ट्रपतिदेखि इरान बन्धक अन्त्यसम्म

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ माघ २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – आज २० जनवरी आजका दिन विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाक्रम :

अमेरिकामा पहिलो अश्वेत राष्ट्रपति
सन् २००९ मा २० जनवरीमा अमेरिकामा बाराक ओबामाले राष्ट्रपतिको शपथ लिएका थिए। अमेरिकी इतिहासमा पहिलो पटक अश्वेत समुदायबाट राष्ट्रपति बन्ने ओबामा पहिलो व्यक्ति हुन्।

- Advertisement -
Ad image
अमेरिकाकी पहिलो महिला उपराष्ट्रपति

सन् २०२१ को २० जनवरीमा कमला ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति बनेकी थिइन्। डेमोक्रयाटिक पार्टीकी राजनीतिज्ञ ह्यारिस भारतीय मूलकी महिला हुन्। ५६ वर्षीय ह्यारिस क्यालिफोर्नियाको ओक्लान्डमा जन्मिएकी हुन्। उनकी आमा भारतमा जन्मिएकी थिइन् भने पिता जमैकामा जन्मेका थिए।उनले हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी थिइन्।

इरान बन्धक अन्त्य
इरानले बन्धक बनाएर राखेका दर्जनौं अमेरिकी नागरिकलाई महिनौंपछि २० जनवरी १९८१ मा रिहा गरिएको थियो। मुस्लिमहरुको समूहले बन्धक बनाएका ५२ अमेरिकीलाई ४४४ दिनपछि रिहा गरिएको थियो।

बंगलादेश स्वतन्त्र युद्धको बिजारोपण
सन् १९६९ मा एक पाकिस्ताका एक विद्यार्थी कार्यकर्ताको हत्या पूर्वीपाकिस्तानको विभाजनको कारक र सार्वभौमसत्ता तथा स्वतन्त्र बंगलादेश स्थापनाको मुख्य आधार बनेको थियो। २० जनवरीमा पूर्वी पाकिस्तानमा आन्दोलनरत एक विद्यार्थीको हत्या भएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्