पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना, विवरण आउन बाकि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ माघ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं– पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा जहाज दुर्घटना भएको हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दुर्घटना भएको सूचना आएको र अस्पताल र एम्बुलेन्स हाई अलर्टमा राख्न भनेको बताए । दुर्घटनाको थप विवरण आउन बाँकी छ । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको हो । दुर्घटनामा परेको जहाजमा चालक दलका सदस्यसहित ७२ जना थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । र, निभाउने प्रयास भइरहेको यती एयरलाइन्सले जानकारी दिएको छ । पोखरा महानगरपालिकाको वडा नम्बर ७ र १५ को बीचमा रहेको खोँचमा जहाज दुर्घटनामा परेको हो । दुर्घटना भएको पाँच मिनेटपछि आगो लागेको थियो

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्