प्राधिकरणको सबस्टेसन विवाद, शंखरापुरमा प्रहरी र स्थानीयबीच झडप

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – काठमाडौंको शंखरापुरमा सबस्टेसन निर्माण विवादमा प्रहरी र स्थानीयबीच झडप हुँदा पाँचजना घाइते भएका छन् । स्थानीयले लप्सीफेदीमा सबस्टेसन राख्न नहुने माग गर्दै गरेको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो ।

घाइते हुनेमा शंखरापुर नगरपालिका ३ का वडा सदस्य विजय लामा, स्थानीय अभियन्ता आरके तामाङसहितका स्थानीय रहेका छन् । वडा सदस्य लामाको हातमा चोट लागेको छ ।

- Advertisement -
Ad image

त्यस्तै, प्रहरीले दुईजनालाई पक्राउ गरेको तामाङले बताए ।

स्थानीयको सहमतिबिना नेपाल विद्युत् प्राधिकरणले अपर तामाकोशीको विद्युत् प्रसारण लाइन सबस्टेसन हाइटेन्सन लाइन राख्न थालेपछि विवाद भएको थियो । सबस्टेसन राखे बैंकले जग्गा धितो नलिने, स्थानीयको स्वास्थ्यमा असर पर्ने स्थानीयको भनाइ छ ।

स्थानीय १२ दिनदेखि आन्दोलित छन् । गत बुधबार बौद्ध प्रहरी वृत्तबाट सुरक्षार्थ खटिएका प्रहरी निरीक्षक विशाल बहादुर बुढाथोकीले स्थानीयलाई पेस्तोल ताकेका थिए ।

गैरव्यावसायीक कार्य गरेको भन्दै उनीमाथि प्रहरीले अनुसन्धान थालेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्