‘संसद विघटन सही या गलत थियो भन्ने हाम्रो गठबन्धनको सरोकार होइन’, उनले भने, ‘हामीले जतिबेला संविधनसभाबाट संविधान बनयाौँ। त्यसबेला विगतका विघटनका अनुभव पनि ख्याल गरेकै हो।’
उनले आउने दिनमा सदनलाई सर्वोपरि बनाउने कुरामा सहमति नै रहेको पनि बताए। ‘२०७२ को संविधान परिमार्जन नहुँदासम्मत त्यसैअनुसार अघि बढ्न तयार छौँ’, उनले भने, ‘संविधानको भावनाभन्दा दायाँबायाँ गर्ने छुट हामीलाई छैन। अहिले हाम्रो सरकारलाई असाधारण समर्थनको अवस्था देखिएको छ। यो हाम्रा लागि चुनौती र अवसर दुवै हो।’
प्रतिक्रिया दिनुहोस्