रवि लामिछानेको नागरिकता मुद्दा: संवैधानिक इजलासले आजै आदेश दिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले आजै आदेश दिने तयारी गरेको छ ।

सर्वोच्च स्रोतले आजै आदेश आउने बताएपछि आदेशको प्रतिक्षामा वकिल र पत्रकारहरु सर्वोच्च परिसरमै कुरेर बसेका छन् ।

- Advertisement -
Ad image

सर्वोच्चले अन्तरिम आदेशद्वारा रविको नागरिकतामा उठाएका प्रश्नमाथि छानविन गर्न आदेश दिएमा रविको सांसद पद निलम्बनमा पर्न सक्छ । तर, अन्तरिम आदेश दिनु नपर्नेगरी अन्तिम आदेशका लागि प्रमाण झिकाउनेसहितको आदेश भएमा भने गृहमन्त्री रविलाई अन्तिम आदेशसम्म कुनै अप्ठेरो पर्ने छैन ।

दुवै पक्षलाई सुनुवाईका लागि आज डाकेको संवैधानिक इजलासले दुवै पक्षको सुनुवाइपछि आदेशको तयारी थालेको हो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्