काठमाडौँ – हालै मात्र सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) मा भन्सार कार्यालय राख्ने सम्बन्धमा सर्वेक्षण गर्न दिने मन्त्रीपरिषद्ले निर्णय गरेको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध, सामरिक तथा ऐतिहासिक महत्त्वको पोखरा विमानस्थल गत जनवरी १, २०२३ बाट ओैपचारपक रुपमा सञ्चालनमा आएको छ । सन् २०१६ बाट निर्माण सुरु भएको विमानस्थल ६ वर्षपछि अप्रेसनमा आएको हो । योसँगै सरकारले उक्त विमानस्थलमा भन्सार कार्यालय राख्ने गरी तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्