काठमाडौं – अपि पावर कम्पनीले ७.५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीले गत वर्षको कमाईबाट ७.५प्रतिशत बोनस दिने निर्णय गरेको हो ।
यस्तै कम्पनीले बोनस सेयर लाग्ने कर प्रयोजनको लागि पनि ०.३९ प्रतिशत नगद लाभांश दिने जनाएको छ । कम्पनीको बिहीबार (पुस २१ गते) बसेको सञ्चालक समिति बैठकले यो निर्णय गरेको हो ।
प्रस्तावित बोनस नियामक निकाय र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ । गत वर्ष अपिले १०.५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.५५ प्रतिशत नगद लाभांश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्