काठमाडौँ – नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ६१ पैसा र बिक्री दर १५९ रूपैयाँ ३४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०७ पैसा र बिक्री दर ३६ रूपैयाँ २३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्