काठमाडौँ – पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ खुसार्नेमा भएको सवारी दुर्घटनामा ६ जनाको ज्यान गएको छ ।
रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको यात्रुबाहक बस खुसार्ने पुग्नै लाग्दा गएराति साढे नौ बजे मधुवन टारीफाँट नजिकै धारादी गैरामा दुर्घटना भएको हो । ग१ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुसार्ने गाउँका ६ जना महिलाको ज्यान गएको हो ।
दुर्घटनामा खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री, गुनी गाहा र दानकुमारी खत्रीको ज्यान गएको वडा नं. ८ का वडाध्यक्ष रेमबहादुर रानाले जानकारी दिए । मृतक सबै खुर्साने गाउँका हुन् ।
बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेको छ ।
दुर्घटनामा घाइते भएका अन्य १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको वडाध्यक्ष रानाले बताए । घटनास्थल सालझण्डी–ढोरपाटन सडकखण्डअन्तरगत रुपन्देहीको सालझण्डीदेखि करिब १० किलोमिटरको दूरीमा पर्छ ।


प्रतिक्रिया दिनुहोस्