कर्णाली प्रदेश प्रमुखद्वारा सरकार गठनको आह्वान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ पुष २०७९, बिहीबार
1 Min Read
Aa

सुर्खेत- कर्णाली प्रदेश प्रमुख तिलक परियारले सरकार गठनका लागि आह्वान गरेका छन्।  प्रमुख परियारले मुख्यमन्त्री पदमा दाबी गर्न ७ दिनको समय दिएका छन्।

प्रदेश प्रमुख तिलक परियारले पुस २७ बुधबार बेलुका ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका हुन्। नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठन गर्नका लागि बिहीबार आह्वान भएको हो।

- Advertisement -
Ad image
कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्तिको नेतृत्वमा सरकार गठन व्यवस्था रहेको छ। कर्णालीमा प्रदेश सभा सदस्यको संख्या ४० रहेको छ। माओवादी र एमाले मिलेर सरकार गठन गर्ने तयारी रहेको छ। यद्यपि, केन्द्रमा भएको सहमति बाहिर आइसकेको छैन।
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्