सुदूरपश्चिम कांग्रेस संसदीय दलको नेतामा कमलबहादुर शाह चयन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० पुष २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन् । दलको नेतामा रहेका अन्य आकांक्षीहरुलाई पछि पार्दै उनी सर्वसम्मत चयन भएका हुन्। 

कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह थापा, दिवानसिंह विष्ट, मेघराज खड्का, प्रकाश देउवासहितका ७ जनाले आकांक्षा राखेका थिए ।

- Advertisement -
Ad image
शाह कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट निर्वाचित भएका थिए । 
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्