प्रधानमन्त्री प्रचण्ड र युरोपेली संघकी राजदूतबीच भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि युरोपेली सङ्घका राजदूतको टोलीले भेटवार्ता गरेको छ । राजदूत नोना डोप्रेजको टोली प्रधानमन्त्रीलाई भेट्न बुधबार बिहान बालुवाटार पुगेको हो ।

प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार भेटमा द्विपक्षीय हित र विकासमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । साथै, सम्बन्धलाई मजबुत बनाउन र शिक्षा, आर्थिक सहकार्य र लगानीका विषयमा पनि छलफल भएको थियो ।

- Advertisement -
Ad image

राजदूत डोप्रेजका अनुसार अर्को महिना दुई देशका ज्वाइन्ट कमिसनबीच छलफल पनि हुने भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्