धितोपत्र बोर्डको लाइसेन्सविरुद्ध परेको मुद्दा हेर्न नभ्याइनेमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – नेपाल धितोपत्र बोर्ड (सेबोन)को नयाँ व्यापारिक लाइसेन्सको आवेदनको खोल्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट मंगलबार पनि हेर्न नभ्याइनेमा राखिएको छ।

उक्त निर्णयविरुद्ध परेको रिटमा मंगलबार सर्वोच्चमा पेसी तोकिएको थियो। न्यायाधीशद्वय हरिकृष्ण कार्की र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा आज पेसी तोकिएको थियो। तर, आज पनि उक्त मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ।

यसअघि गत पुस १२ गते पनि यो रिटमा न्यायाधीशद्वय हरिकृष्ण कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा पेसी तोकिएको थियो। तर, पछि यो मुद्दालाई हेर्न नभ्याइनेमा राखिएको थियो। अब अदालतले अर्को पेसी तोक्ने छ।

- Advertisement -
Ad imageAd image

गत पुस ५ गते न्यायधीशद्वय अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको संयुक्त इजलाशले यो मुद्दाको पूर्ण सुनुवाइका लागि पेस गर्ने अग्राधिकार दिने आदेश दिएको थियो। योपछि अन्तिम सुनुवाइका लागि अदालतले पेसी तोक्दै आएको थियो।

सिन्हा र मल्लाको संयुक्त इजलाशले रिट निवेदकको मागबमोजिम आदेश दिन भने अस्वीकार गरेको छ। यसअघि अल्पकालीन अन्तरिम आदेशलाई भने निरन्तरता दिइएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्