मोरंग डायिनीयामा किसान आन्दोलित (आन्दोलनको भिडियो)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ पुष २०७९, मंगलवार
1 Min Read
Aa

मोरंग : मोरंगको पूर्वी दक्षिणी सिमावर्ती क्षेत्रमा रासायनिक मलको माग गर्दै किसानले आन्दोलन शुरु गरेका छन् । सुनवर्शी नगरपालिकाको डायिनीयामा भेलाभएका किसानले स्थानीय पालिका, सशस्त्र प्रहरी र नेपाल प्रहरी बिरुद्ध आन्दोलन गरेको आन्दोलनमा सहभागी अगुवा कृषक मेहेताब आलमले बताएका छन् । नेपालमा मल नपाइएको, स्थानीय जनप्रतिनिधीले आएको मल तस्करी गरि नदिएको र भारतबाट किसानले आफै  रासायनिक मल लिएर आउदा सिमामा रहेका ससस्त्र प्रहरीले मल जफत गरेको, दुर्व्यावाहार गरेको आन्दोलनकारी किसानले बताएका छन् । सिमावर्ती छोटी भन्सार  सिक्टी हुदै किसानले ल्याएका १-२ बोरा मल समेत ससस्त्रले पक्डेर जफत गर्ने र गालिबेइजती गर्ने गरेको किसानको आरोप छ ।

आक्रोशित किसानले मल खोस्नु सट्टा आफूहरूलाई मारेर गुण लगाउन सरकारसँग माग गरेका छन् । बाली लाउने समयमा मल नपाउदा उत्पादनमा नकारात्मक असर परेको छ ।  मागको १० % मात्रै मल आपूर्ति हुदाँ मलको हाहाकार छ ।

- Advertisement -
Ad image

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्