सन् २०२३ मा विश्वको एक तिहाइ अर्थतन्त्र मन्दीमा फस्ने आइएमएफको चेतावनी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – सन् २०२३ मा विश्वको एक तिहाइ अर्थतन्त्र मन्दीमा जाने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले चेतावनी दिएको छ । आइएमएफकी प्रमुख क्रिस्टलिना जर्जिभाका अनुसार सन् २०२२ को तुलनामा यस वर्ष मन्दीको प्रभाव झन् ठूलो हुने देखिएको छ ।

यस वर्ष चीन, अमेरिका र युरोपेली युनियनकोे अर्थतन्त्र थप सुस्त हुने देखिएको छ । यसका साथै, युक्रेन युद्ध, बढ्दो मुद्रास्फीति, उच्च ब्याजदर र चीनमा कोभिडको संक्रमणले विश्वव्यापी अर्थतन्त्रमा नै धक्का पुग्ने जर्जिभाले बताएकी छिन् ।

- Advertisement -
Ad imageAd image

यसले विश्वको एक तिहाइ अर्थतन्त्रमा मन्दी निम्त्याउने र मन्दी नभएका देशहरुका करोडौं मानिसहरुले समेत मन्दी जस्तै महसुस गर्ने जर्जिभाले थपिन् । आइएमएफले विश्वभरको अर्थतन्त्र सन् २०२३ मा संकुचित हुने प्रक्षेपण गरेको छ । यता, युक्रेन युद्ध र मुद्रास्फीति कायमै रहेकाले सन् २०२३ मा पनि विश्वभरका केन्द्रीय बैंकहरुले ब्याजदरमा उच्च वृद्धि गर्ने आइएमएफको भनाई छ ।

सन् २०२३ को सुरुवातदेखि नै चीनको अर्थतन्त्र दबाबमा पर्ने र यसको असर एसियाका अन्य देशहरुमा पनि पर्ने आइएमएफको अनुमान छ । यस वर्ष एसियाली अर्थतन्त्रमा मन्दीको असर झन् बढी हुनसक्ने आइएमएफले उल्लेख गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्